धनुषामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु « Khabarhub

धनुषामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु


२९ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

धनुषा- धनुषामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा अर्का एक जना गम्भीर घाइते भएका छन् । तीन जना सवार मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मृत्यु हुनेमा धनुषा कमला नगरपालिका–८ का २५ वर्षीय भरत सहनी र विदेह नगरपालिका–१ का ३० वर्षीय जयकुमार सहनी रहेका जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जन अवालेले जानकारी दिए ।

उनका अनुसार सोही मोटरसाइकलमा सवार जनकपुरधाम उपमहानगरपालिका–१२ का शत्रुधन सहनी गम्भीर घाइते भएका छन् । सहनीको जनकपुरधाममा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौँको न्यूरो अस्पताल सिफारिस गरिएको अवालेले जानकारी दिए ।

आज बिहान जनकपुरधामबाट ढल्केबरतर्फ जाँदै गरेको प्रदेश २–०२–००२प ४०९२ नम्बरको मोरसाइकल लक्ष्मीनियाँ गाउँपालिका–४ सपहीस्थित पुलभन्दा ५० मिटर उत्तरतिर अनियन्त्रित भएर दुर्घटना भएको थियो ।

प्रकाशित मिति : २९ मंसिर २०८०, शुक्रबार  १ : २४ बजे

अविरल वर्षा र बाढीपहिरोले कर्णालीका दुई राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौं – अविरल वर्षासँगै देशका विभिन्न क्षेत्रमा बाढी तथा पहिरोका

काठमाडौंसहित विभिन्न क्षेत्रमा मुसलधारे वर्षा

काठमाडौं – मनसुनी प्रणाली सक्रिय हुँदा आज काठमाडौँलगायत विभिन्न क्षेत्रमा

एपीएफमा ७१ डीएसपीको सरुवा (सूचीसहित)

काठमाडौं – सशस्त्र प्रहरी बल (एपीएफ)ले ७१ जना सशस्त्र प्रहरी

दाङमा चट्याङ लागेर एकको मृत्यु, अन्य दुई घाइते

दाङ – दाङको घोराही उपमहानगरपालिका–९ मछाहीमा धान रोप्ने क्रममा चट्याङ

लुहान्स्क ‘पूर्ण रूपमा स्वतन्त्र’ भएको रूसी नेता पुटिनको दावी

मस्को – रुसी सेनाले लुहान्स्क पिपुल्स रिपब्लिकको ‘पूर्ण स्वतन्त्रता’ को