सन्दुक रुइत, मनिषा कोइराला र पारस खड्कासहित उल्लेखनीय योगदान पुर्‍याउनेलाई महानगरको सम्मान « Khabarhub

सन्दुक रुइत, मनिषा कोइराला र पारस खड्कासहित उल्लेखनीय योगदान पुर्‍याउनेलाई महानगरको सम्मान


२९ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिकाले २९औँ महानगर दिवसका अवसरमा विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका व्यक्तित्वलाई सम्मान गरेको छ । राजधानीको सैनिक मञ्चमा आज आयोजित विशेष समारोहमा महानगरपालिकाले समाजसेवी, कलाकार, खेलाडी, इन्जिनियर, साहित्यकारलगायतलाई पुरस्कृत तथा सम्मान गरेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहालले ‘प्रचण्ड’ ले वरिष्ठ नेत्र विशेषज्ञ प्राध्यापक सन्दुक रुइत, अभिनेत्री मनिषा कोइराला, साहित्यकार दुर्गालाल श्रेष्ठ, ओलम्पियन वैकुण्ठ मानन्धर, स्टक्चरल इन्जिनियर मनोहरलाल राजभण्डारीलाई सम्मान गरे ।

यसैगरी, नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक मीरा चौधरी, पूर्वकप्तान फुटबलर बालगोपाल महर्जन, नेपाली राष्ट्रिय क्रिकेटका पूर्वकप्तान पारस खड्का, कराते खेलाडी एरिका गुरुङ, महिला बास्केटको क्याप्टेन सविना श्रेष्ठ र कराते प्रशिक्षक केदारेश्वरमान स्थापितलाई पनि उनले पुरस्कृत गरे । पुरस्कृत व्यक्तित्वलाई जनही रु एक लाख ५० हजार प्रदान गरिएको थियो ।

महानगरप्रमुख बालेन शाहले तीनकुनेको जग्गा मुआब्जाको समस्या, खोला अतिक्रमणको समस्या र फोहर व्यवस्थापनको दीर्घकालीन समस्या समाधान गर्न बाँकी रहेको बताए । उनले महानगरका ३२ वटै वडाका सांस्कृतिक झाँकी र नृत्य देखाउन पाइएकामा खुसी व्यक्त गरे ।

महानगर उपप्रमुख सुनिता डङ्गोलले सार्वजनिक सम्पत्तिको प्रयोग सार्वजनिक हितका लागि मात्रै हुनुपर्छ भन्ने अवधारणाका साथ महानगरपालिका अघि बढेको बताइन् । महानगरमा न्यायिक सुशासन कायम गर्न हरेक सेवाग्रहीलाई सहज, सरल पहुँचका लागि निःशुल्क कानुनी सेवा सुरुवात गरिएको उनले जानकारी दिइन् ।

प्रकाशित मिति : २९ मंसिर २०८०, शुक्रबार  २ : २७ बजे

एन्फाका पूर्वाध्यक्ष कर्माछिरिङ शेर्पा पक्राउ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ एन्फाका पूर्वाध्यक्ष कर्र्माछिरिङ शेर्पा

रास्वपाको पहिलो महाधिवेशनले उब्जाएका १० प्रश्न

काठमाडौं । छ दिनसम्म लगाएर राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलो महाधिवेशन

युरोपमा किन बढ्यो गर्मी, अस्तव्यस्त जनजीवन

काठमाडौँ । युरोपमा दिनप्रतिदिन भीषण गर्मीले रेकर्ड तोडिरहेको छ। अत्यधिक

महाधिवेशनसँगै नयाँ र पुरानोको द्वन्द्व सकियो, गुट र उपगुट पनि अन्त्य भयो : रवि लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सभापति रवि लामिछानेले

अदालतका समाचार तथ्यपरक र सन्तुलित हुनुपर्छ: प्रधानन्यायाधीश शर्मा

काठमाडौँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले न्यायिक विषयवस्तुसम्बन्धी