सन्दुक रुइत, मनिषा कोइराला र पारस खड्कासहित उल्लेखनीय योगदान पुर्‍याउनेलाई महानगरको सम्मान « Khabarhub

सन्दुक रुइत, मनिषा कोइराला र पारस खड्कासहित उल्लेखनीय योगदान पुर्‍याउनेलाई महानगरको सम्मान


२९ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिकाले २९औँ महानगर दिवसका अवसरमा विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका व्यक्तित्वलाई सम्मान गरेको छ । राजधानीको सैनिक मञ्चमा आज आयोजित विशेष समारोहमा महानगरपालिकाले समाजसेवी, कलाकार, खेलाडी, इन्जिनियर, साहित्यकारलगायतलाई पुरस्कृत तथा सम्मान गरेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहालले ‘प्रचण्ड’ ले वरिष्ठ नेत्र विशेषज्ञ प्राध्यापक सन्दुक रुइत, अभिनेत्री मनिषा कोइराला, साहित्यकार दुर्गालाल श्रेष्ठ, ओलम्पियन वैकुण्ठ मानन्धर, स्टक्चरल इन्जिनियर मनोहरलाल राजभण्डारीलाई सम्मान गरे ।

यसैगरी, नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक मीरा चौधरी, पूर्वकप्तान फुटबलर बालगोपाल महर्जन, नेपाली राष्ट्रिय क्रिकेटका पूर्वकप्तान पारस खड्का, कराते खेलाडी एरिका गुरुङ, महिला बास्केटको क्याप्टेन सविना श्रेष्ठ र कराते प्रशिक्षक केदारेश्वरमान स्थापितलाई पनि उनले पुरस्कृत गरे । पुरस्कृत व्यक्तित्वलाई जनही रु एक लाख ५० हजार प्रदान गरिएको थियो ।

महानगरप्रमुख बालेन शाहले तीनकुनेको जग्गा मुआब्जाको समस्या, खोला अतिक्रमणको समस्या र फोहर व्यवस्थापनको दीर्घकालीन समस्या समाधान गर्न बाँकी रहेको बताए । उनले महानगरका ३२ वटै वडाका सांस्कृतिक झाँकी र नृत्य देखाउन पाइएकामा खुसी व्यक्त गरे ।

महानगर उपप्रमुख सुनिता डङ्गोलले सार्वजनिक सम्पत्तिको प्रयोग सार्वजनिक हितका लागि मात्रै हुनुपर्छ भन्ने अवधारणाका साथ महानगरपालिका अघि बढेको बताइन् । महानगरमा न्यायिक सुशासन कायम गर्न हरेक सेवाग्रहीलाई सहज, सरल पहुँचका लागि निःशुल्क कानुनी सेवा सुरुवात गरिएको उनले जानकारी दिइन् ।

प्रकाशित मिति : २९ मंसिर २०८०, शुक्रबार  २ : २७ बजे

ट्रम्पको टिप्पणीले अमेरिकी कूटनीतिक प्रतिबद्धताको खोक्रोपन उजागर गर्‍यो : इरान 

काठमाडौँ-  इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अभिव्यक्तिले अमेरिकाको कूटनीतिक प्रतिबद्धताको

तिहारसम्म सयपत्री फूल जोगाउन किसानलाई सकस, बजारको पनि चिन्ता

झापा- तिहार नजिकिँदै गर्दा झापाका सयपत्री फूल उत्पादक किसानलाई फूल टिप्ने

भोटेकोशी बाढीको क्षति वर्गीकरण गरेर मूल्याङ्कन हुँदै

काठमाडौं– कृषि, वन तथा पर्यावरण मन्त्रालयले भोटेकोशी बाढीका कारण विभिन्न

राजनीतिक जिम्मेवारी लिएका तीन कर्मचारीमाथि कारबाही सिफारिस

काठमाडौँ– राजनीतिक दलमा जिम्मेवारी लिएका तीन जना सरकारी कर्मचारीमाथि कानुनी कारबाही

किसानलाई जै घाँसको बीउ वितरण, पशुलाई पोषणयुक्त आहारा हुने

बनेपा– रविओपीस्थित देउराली दुग्ध उत्पादक सहकारी संस्था र सेतीदेवी दुग्ध