फ्रान्सबाट बेलायत हिँडेको आप्रवासी सवार डुङ्गा दुर्घटना « Khabarhub

फ्रान्सबाट बेलायत हिँडेको आप्रवासी सवार डुङ्गा दुर्घटना


२९ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

पेरिस- फ्रान्सबाट समुद्री मार्ग हुँदै बेलायत जाने क्रममा ६० जनाभन्दा धेरै आप्रवासी बोकेको डुङ्गा दुर्घटनामा परेको छ । बिहीबार राति आप्रवासी बोकेको डुङ्गा इङ्लिश च्यानलमा पल्टिँदा एक जनाको मृत्यु भएको छ भने एक जनाको अवस्था गम्भीर रहेको फ्रान्सेली अधिकारीले बताएका छन् ।

डुङ्गामा यात्रारत ६६ जनामध्ये एक जनालाई अचेत र गम्भीर घाइते अवस्थामा हेलिकोप्टरबाट क्यालेस्थित अस्पतालमा लगिएको र अर्का एक जनालाई उद्धार गर्न नसकिएको अधिकारीहरूले बताएका छन् ।

एक आप्रवासी डुङ्गा तटबाट आठ किलोमिटर (पाँच माइल) भन्दा कम दूरीमा समस्यामा फसेको जानकारी प्राप्त भएसँगै फ्रान्सेली समुद्री उद्धारकर्मीले तत्काल उद्धार प्रयास थालेका थिए ।

स्थानीय समयअनुसार मध्यरातमा करिब ३० मिनेटको समयमा एउटा उद्धार जहाज त्यस क्षेत्रमा आइपुगेको सामुद्रिक अधिकारीहरूले बताएका छन् ।

चालक दलले आप्रवासी डुङ्गा तैरिन मद्दत गर्ने ट्यूबहरूमध्ये एकमा समस्या आएको बताएपछि मानिसहरू एक्कासी समुद्रमा हाम फालेका थिए भने टालीले घटना भएको केही मिनेटमा नै स्थितिलाई नियन्त्रणमा ल्याएका थिए ।

फ्रान्सका गृहमन्त्री जेराल्ड डार्मानिनले शुक्रबार बिहान क्यालेमा उद्धारका लागि खटाइएका डुङ्गा र जहाजले बाँकी बचेकाको खोजी गरिरहेका छन् ।

हरेक वर्ष दशौं हजार मानिसहरूले फ्रान्सबाट सानो डुङ्गामा अङ्ग्रेजी च्यानलको खतरनाक मार्ग हुँदै बेलायत पुग्ने गर्छन् । च्यानलले आप्रवासी मुद्दालाई बेलायत सरकारले राजनीतिक प्राथमिकता बनाएको छ भने यो समस्या लन्डन र पेरिसबीचको विवादको कारण बनेको छ ।

अहिलेसम्मकै सबैभन्दा भयानक भनिएको दुई वर्षअघि भएको डुङ्गा दुर्घटनामा २७ जनाको मृत्यु भएको थियो । गत नोभेम्बरको अन्त्यतिर ६० जना यात्रु बोकेको एउटा आप्रवासी डुङ्गा डुबेको र एक पुरुष र महिलाको डुबेर मृत्यु भएको थियो ।

सोही च्यानलमा यात्रा गरिरहहेका समय यसै वर्षको अगष्टमा सानो डुङ्गा पल्टिँदा छ जना अफगानीको डुबेर मृत्यु भएको थियो । फ्रान्सेली अधिकारीहरूका अनुसार डुङ्गाहरूमा अत्यधिक भार बढ्दै गएको छ र लगभग ५३ यात्रुहरूको औसत स सङ्ख्या दुई वर्ष पहिलेको औसतभन्दा लगभग दोब्बर छ ।

नोभेम्बरको अन्त्यसम्मको बेलायती सरकारी तथ्याङ्कअनुसार यस वर्षको सुरुदेखि अहिलेसम्म २८ हजारभन्दा बढी मानिसहरूले च्यानल पार गरिसकेका छन् । गत वर्षभरिमा लगभग ४६ हजार मानिसहरूले च्यानल पार गरेका थिए ।

प्रकाशित मिति : २९ मंसिर २०८०, शुक्रबार  ३ : ५६ बजे

सीमान्तकृत समुदायका लागि नीतिगत सुधारबारे बहस

काठमाडौं– सीमान्तकृत तथा सामाजिक रूपमा बहिष्कृत समुदायको सशक्तीकरणका लागि आवश्यक

प्रधानमन्त्री कार्कीसँग राष्ट्रियसभा अध्यक्ष दाहालको भेट

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीसँग आज राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले शिष्टाचार

डा.अरुणको उम्मेदवारी खारेजीविरुद्धको रिटमा अन्तरिम आदेश

काठमाडौं– आसन्न नेपाल चिकित्सक संघको केन्द्रीय कार्यकारिणी समितिको उपाध्यक्ष तथा

निरीक्षण र नीतिगत निर्णयमै बिते स्वास्थ्यमन्त्रीका दुई महिना

काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा शर्मा गौतमले पदबहाली

सरकारको एकीकृत वित्तीय विवरण पेस

काठमाडौं– महालेखा नियन्त्रक कार्यालयले गत आर्थिक वर्ष २०८१-८२ को सङ्घ,