पाकिस्तानमा भएका आक्रमणमा तीन सुरक्षाकर्मीको मृत्यु, सात घाइते « Khabarhub

पाकिस्तानमा भएका आक्रमणमा तीन सुरक्षाकर्मीको मृत्यु, सात घाइते


२९ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- पाकिस्तानको उत्तर पश्चिम खैबर पख्तुनख्वा प्रान्तमा शुक्रबार बिहान भएको दुई छुट्टाछुट्टै आक्रमणमा परी एक प्रहरी तथा दुई अर्धसैनिकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

खैबर जिल्लाको संयुक्त जाँच चौकीमा आतङ्कवादीहरूले आक्रमण गर्दा दुई अर्धसैनिकको मृत्यु भएको तथा छ जना घाइते भएको प्रहरी स्रोतले बताएको छ ।

स्थानीय समयअनुसार बिहान २ः४५ बजे पाकिस्तान सरकारद्वारा आतङ्ककारी घोषित समूहले विष्फोटक पदार्थ र आधुनिक बन्दुकद्वारा आक्रमण गरेपछि प्रहरीले जवाफी कारबाही गर्दा आक्रमणकारीहरू भागेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आक्रमणबाट घाइते भएका व्यक्तिहरूलाई उपचारको लागी प्रान्तीय राजधानीस्थित पेशावरको अस्पतालमा लगिएको छ ।

स्थानीय समय अनुसार बिहान ३ः०० बजे ट्याङ्क जिल्लामा रहेको प्रहरीको हतियार भण्डारण परिसरमा आतङ्ककारीले गोली प्रहार गर्दा एक प्रहरीको मृत्यु भएको छ । अन्य एक जना घाइते भएको स्रोतले बताएको छ ।

प्रहरीका अनुसार प्रहरीको जवाफी कारबाहीपछि आक्रमणहरू घटनास्थलबाट भागेको प्रहरीले बताएको छ । आक्रमणकारीहरूलाई पक्राउ गर्नका लागि खोजी जारी रहेको प्रहरीले बताएको छ । घटनाको जिम्मेवारी अहिलेसम्म कुनै पनि समूहले नलिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २९ मंसिर २०८०, शुक्रबार  ५ : २४ बजे

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर

वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ– बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक

आज २०८३ साल कात्तिक ११ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र