बर्दघाटमा प्रहरी पोष्ट स्थापना | Khabarhub Khabarhub

बर्दघाटमा प्रहरी पोष्ट स्थापना


२९ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

नवलपरासी – पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–१२ स्थित भटैलियामा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ ।

उक्त अस्थायी प्रहरी पोष्टमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा पाँच जना प्रहरी रहनेछन् । अस्थायी प्रहरी पोष्ट नेपाल रेडक्रस सोसाइटीको जग्गामा निर्माण गरिएको हो ।

बर्दघाट नगरपालिकाको रु चार लाख आर्थिक सहयोगमा प्रहरी पोष्ट निर्माण भएको छ । लागुऔषध, तस्करीलगायत अन्य अपराधको ‘ट्रान्जिट पोइन्ट’को रूपमा रहेको सो क्षेत्रको सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै पोष्टको स्थापना गरिएको हो ।

बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल एवम् प्रहरी प्रमुख प्रहरी उपरीक्षक काजीकुमार आचार्यले आज संयुक्त रूपमा प्रहरी पोष्टको उद्घाटन गरे ।

बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठले महेशपुर र भुजहवा नाका हुँदै यहाँबाट तस्करीलगायत अन्य अपराधका घटना बढ्दो गएको उल्लेख गर्दै प्रहरी पोष्ट स्थापनापछि शान्ति सुरक्षा कायम हुनेमा विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : २९ मंसिर २०८०, शुक्रबार  ८ : ३८ बजे

आज सुनचाँदीको मूल्य स्थिर

काठमाडौं- नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल

डेढ वर्षपछि चीनद्वारा भारतमा राजदूत नियुक्त

काठमाडौं- करिब डेढ वर्षपछि चीनले भारतमा नयाँ राजदूत पठाउने तयारी

भैँसी पाल्ने किसानलाई गाउँपालिकाको अनुदान

पर्वत– जिल्लाको पैयुँ गाउँपालिकाले व्यावसायिक रूपमा भैँसी पाल्ने किसानलाई रु

‘सहकारी समस्यामा लेखा सुपरिवेक्षण समिति मुख्य जिम्मेवार’

काठमाडौं – सहकारी संस्थाहरूमा आन्तरिक लेखापरीक्षणको भूमिका रहेको लेखा सुपरिवेक्षक

‘खुजरे ब्रो’ हेरेर नीतिका बुबा आमाले के भने ?

काठमाडौं– मोडल नीति शाह डेब्यू फिल्म ‘खुजरे ब्रो’को प्रिमियर अघि हँसिलो मुद्रामा