बर्दघाटमा प्रहरी पोष्ट स्थापना « Khabarhub

बर्दघाटमा प्रहरी पोष्ट स्थापना


२९ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

नवलपरासी – पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–१२ स्थित भटैलियामा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ ।

उक्त अस्थायी प्रहरी पोष्टमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा पाँच जना प्रहरी रहनेछन् । अस्थायी प्रहरी पोष्ट नेपाल रेडक्रस सोसाइटीको जग्गामा निर्माण गरिएको हो ।

बर्दघाट नगरपालिकाको रु चार लाख आर्थिक सहयोगमा प्रहरी पोष्ट निर्माण भएको छ । लागुऔषध, तस्करीलगायत अन्य अपराधको ‘ट्रान्जिट पोइन्ट’को रूपमा रहेको सो क्षेत्रको सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै पोष्टको स्थापना गरिएको हो ।

बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल एवम् प्रहरी प्रमुख प्रहरी उपरीक्षक काजीकुमार आचार्यले आज संयुक्त रूपमा प्रहरी पोष्टको उद्घाटन गरे ।

बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठले महेशपुर र भुजहवा नाका हुँदै यहाँबाट तस्करीलगायत अन्य अपराधका घटना बढ्दो गएको उल्लेख गर्दै प्रहरी पोष्ट स्थापनापछि शान्ति सुरक्षा कायम हुनेमा विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : २९ मंसिर २०८०, शुक्रबार  ८ : ३८ बजे

‘प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीबिना आर्थिक क्रान्ति सम्भव छैन’

म पुराना अन्धविश्वासहरूमा विश्वास त गर्दिनँ, तर शान्ति प्रक्रियामा आइसकेपछि

६ दिनभित्र बेनी-जोमसोम सडक पूर्ण सुचारु हुने

काठमाडौं- मालढुंगा-बेनी-जोमसोम-कोरला सडक खण्ड अन्तर्गत विभिन्न स्थानमा गएको पहिरो र

नेपाली कांग्रेस १५ औँ महाधिवेशनको बन्द सत्र सुरू (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको दोस्रो दिन बन्द सत्र

गगन थापाले पेस गरे ‘समुन्नत नेपालको नयाँ राजनीतिक संकल्प’

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनमा ‘राष्ट्रिय पुनर्जागरण

प्रभावित प्रदेशका मुख्यमन्त्रीलाई प्रधानमन्त्रीको सान्त्वना- विपद्मा ढुक्क हुनूस्

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले संघ, प्रदेश र स्थानीय सरकारबीच आपसी