विडिसिए कप : योंगस्टार विजयी « Khabarhub

विडिसिए कप : योंगस्टार विजयी


२९ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

बैतडी – २०औँ संस्करणको जिल्लास्तरीय बिडिसिए कप एक दिवसीय क्रिकेट प्रतियोगितामा समूह डीको दोस्रो खेलमा योंगस्टार मेलौली विजयी भएको छ । मेलौलीले पाटन क्रिकेट क्लबलाई २ विकेटले पराजित गरेको हो । पाटनले दिएको एक सय ४० रनको लक्ष्य मेलौलीले ३१ ओभरमा ८ विकेटको क्षतिमा भेट्टायो ।

जसमा रामचन्द्र पोखरेलले २५ रनको योगदान गरे । पाटनका हेमन्त चन्द र विकास विष्टले ३र३ विकेट लिए । यसअघि दशरथचन्द क्रिकेट मैदान, सुन्दरखालीमा पहिला ब्याटिङ गरेको पाटन ३० दशमलव ४ ओभरमा एक सय ३९ रनमा अलआउट भयो । सो क्रममा किशोर बयानी र हरिस केसीले समान २७ रन बनाए । मेलौलीका जयराम भट्टले ४ विकेट लिए । उनी खेलका म्यान अफ द म्याच पनि भए ।

बैतडी जिल्ला क्रिकेट सङ्घको आयोजनामा मङ्सिर १६ गतेदेखि सुरू भएको प्रतियोगितामा १३ टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा सहभागी हुने १३ टोलीलाई चार समूहमा विभाजन गरी खेल भइरहेका बैतडी जिल्ला क्रिकेट सङ्घका अध्यक्ष विनोदबहादुर चन्दले जानकारी दिए।

यो वर्ष ‘बिडिसिए कप वान डे फम्र्याट’मा भइरहेको बैतडी जिल्ला क्रिकेट सङ्घले जनाएको छ । विगत वर्षमा टी–२० फम्र्याटमा सञ्चालन हुँदै आएको प्रतियोगिता यो वर्ष ५० ओभरमा भइरहेको बैतडी जिल्ला क्रिकेट सङ्घका सचिव सिद्धराज बोगटीले बताए ।

प्रतियोगिताको विजेताले ५० हजार नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र र उपविजेताले ३५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने बैतडी जिल्ला क्रिकेट सङ्घले जनाएको छ ।

प्रतियोगिताले क्रिकेटको विकासका साथै खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास गरिएको छ । यसअघि १९औंँ संस्करणको उपाधि पञ्चकोटी क्रिकेट क्लबलाई १२९ रनले स्तब्ध पार्दै निङ्लाशैनी क्रिकेट क्लबले हात पारेको थियो । यस प्रतियोगितालाई प्रधानमन्त्री कप एक दिवसीय छनोटका रूपमासमेत लिइएको छ ।

प्रकाशित मिति : २९ मंसिर २०८०, शुक्रबार  ९ : १५ बजे

प्रतिनिधि छनोट रोकेको भन्दै सभापतिका उम्मेदवार राठोर आक्रोशित

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिको उम्मेदवारी घोषणा गरेका किशोरसिंह

एकसय १२ रोपनी जग्गा सरकारको नाममा दाखिला

काठमाडौं– काठमाडौं महानगरपालिका–४ को ११२ रोपनी जग्गा नेपाल सरकारको नाममा

नेपाल राष्ट्र बैंकद्वारा उपचार, आयात र सेवा क्षेत्रको सटही सुविधा वृद्धि

काठमाडौं– नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत परिपत्र-२०८२

नाइजेरियामा सैन्य विमान दुर्घटना, ३२ जनाको मृत्यु

एजेन्सी– नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले सोमबार देशको दक्षिणपश्चिमी ओन्डो राज्यमा

नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

नवलपुर– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा पछिल्ला दुई महिनामा २७७ वटा सर्पदंशका घटना