एचआइभी सङ्क्रमण रोकथाममा सुधार हुँदै « Khabarhub

एचआइभी सङ्क्रमण रोकथाममा सुधार हुँदै


२९ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम– एचआइभी एड्सका बारेमा जनचेतना अभिवृद्धि भएसँगै पहिलेको तुलनामा यो रोगको रोकथाममा उल्लेखनीय सुधार भएको स्वास्थ्यकर्मीले बताएका छन् ।

एचआइभी एड्स लागिसकेपछि पूर्णरुपमा निको नहुने भए पनि नियमित रुपमा औषधि खाने सङ्क्रमितको बाँच्ने उमेर बढाउने सकिने स्वास्थ्यकर्मीको भनाइ छ ।

स्वास्थ्य निर्देशनालय दिपायलका क्षयकुष्ट अधिकृत मनोज ओझाले विगतभन्दा सङ्क्रमित समाजमा खुलेर आउने गरेको र जनचेतना पनि अभिवृद्धि हुँदै जाँदा यो रोगको रोकथाममा सुधार हुँदैगएको बताए । उनले भने, “औषधिको अभाव देखिने पहिलेको जस्तो समस्या हाल छैन, सबै ठाउँमा जाँच गर्न नपाउने उतिबेलाको जस्तो समस्या पनि हटेर गएको छ, औषधि पनि अहिले सबैतिर पर्याप्त छ ।”

सन् २०१० को तुलनामा एचआइभी सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्यामा कमी आएको छ । सुदूरपश्चिम प्रदेशमा हाल सरकारी निकायका १७ ठाउँमा र गैरसरकारीका चार ठाउँबाट शङ्कास्पद एचआइभी सङ्क्रमितको जाँच हुने गरेको छ । यस्तै सङ्क्रमितलाई दैनिक औषधि खुवाउनका लागि १७ ठाउँमा एआरबि सेन्टर सञ्चालनमा छन् ।

सङ्क्रमितले हरेक दिन औषधि खानुपर्छ । पछिलो तथ्याङ्क (२०७९/८०) का अनुसार सुदूरपश्चिममा एचआईभीबाट सङ्क्रमित भएको अनुमान गरिएका पाँच हजार एकसय ९० मध्ये चार हजार सात सय १७ जनामा एचआइभी सङ्क्रमण पत्ता लागेको छ ।

तीन हजार छ सय २३ जनाले एआरबि(एन्टिरेक्टो भाइरल) औषधि खाइरहेका छन् भने दुई हजार आठसय ६३ जनाको ‘भाइरल लोड सुप्रेस’को अवस्था छ । जिल्ला स्वास्थ्य कार्यालय कैलालीका प्रमुख आसुतोष श्रेष्ठले भने,“यो रोगको उपचार हुँदैन, नियन्त्रण मात्र गर्न सकिन्छ, पहिलेको भन्दा प्रभावकारी औषधि बनेकाले यो रोग नियन्त्रणमा टेवा पुगिरहेको छ ।”

प्रकाशित मिति : २९ मंसिर २०८०, शुक्रबार  ९ : ४१ बजे

इटालीका प्रधानमन्त्रीले भनिन्: रुस–युक्रेन युद्ध तत्काल अन्त्य गर्नुपर्छ

रोम – इटालीका प्रधानमन्त्री जर्जिया मेलोनीले युक्रेन युद्ध अन्त्य गर्न

कांग्रेसलाई जनमुखी र जिम्मेवार शक्तिका रूपमा स्थापित गर्नुपर्छः नेता निधि

धनुषा – नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले लोकतन्त्र, संविधान र

उदयपुरमा रुखको हाँगाले लागेर महिलाको मृत्यु

उदयपुर – रुखको हाँगाले लागेर एक जनाको मृत्यु भएको छ

काठमाडौँको तापक्रम २.४ डिग्रीमा झर्‍यो, अन्य तीन ठाउँमा माइनसमा तापक्रम

काठमाडौं – नेपालमा पछिल्लो समयमा तापक्रम घट्दो क्रममा रहेकामा आज