तेस्रो दिनसम्म १० लाख बढीले भरे हिमालयन रिइन्स्योरेन्सको आईपीओ | Khabarhub Khabarhub

तेस्रो दिनसम्म १० लाख बढीले भरे हिमालयन रिइन्स्योरेन्सको आईपीओ


२९ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


579
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  हिमालयन रिइन्स्योरेन्सको आईपीओमा आवेदन खुलेको तेस्रो दिन शुक्रबारसम्म  १० लाख बढीले आवेदन दिएका छन् ।

सीडीएस एण्ड क्लियरिङका अनुसार शुक्रबार साँझ ५ बजेसम्म १० लाख ७८१ जनाले १ करोड ८० लाख ६३ हजार ७९० कित्ता सेयरको लागि आवेदन दिएका हुन् । यसबाट ३७ अर्ब २१ करोड १४ लाख ३ अर्ब ७२ करोड ११ लाख ४० हजार ७४० रुपैयाँ संकलन भएको छ ।

कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित दरमा १०६ रुपैयाँ प्रिमियम जोडेर प्रतिसेयर २०६ रुपैयाँको दरले २ करोड ४९ लाख कित्ता आईपीओ सर्वसाधारणका लागि बिक्री खुल्ला गरेको हो । माग गरिएको कुल सेयर संख्यामा अहिलेसम्म ७२.५४ प्रतिशत आवेदन परेको छ ।

इच्छुक लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम ३ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । बुधबारदेखि खुलेको हिमालय रिइन्स्योरेन्सको आईपीओ भर्ने म्याद आइतबारसम्म छ ।

प्रकाशित मिति : २९ मंसिर २०८०, शुक्रबार  १० : २३ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’