युवा शक्ति स्वदेशमा नै बस्न सक्ने वातावरण हुनुपर्छ : सभामुख घिमिरे « Khabarhub

युवा शक्ति स्वदेशमा नै बस्न सक्ने वातावरण हुनुपर्छ : सभामुख घिमिरे


२९ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी – सभामुख देवराज घिमिरेले युवाहरुको अन्तर्निहित प्रतिभालाई पहिचान गरी सरकारले स्वदेशमा नै युवा शक्ति बस्न सक्ने गरी व्यवस्था गर्नुपर्ने बताएका छन् । उनले पछिल्लो समयमा युवा पुस्तामा देशमा नै केही गर्नुपर्दछ भन्ने अभियानको विकास भएको भन्दै यसको लागि सरकारी निकायबाट पनि युवा पुस्ता पलायन रोक्नको लागि कदम चाल्नुपर्ने धारणा राखे ।

नेपाल जेसीजको ५०औँ राष्ट्रिय महाधिवेशनको आज बुटवलमा उद्घाटन गर्दै सभामुख घिमिरेले जेसिजका कतिपय अभियान राष्ट्रिय राजनीतिको भन्दा पनि उत्तम रहेको उल्लेख गरे । उनले युवामैत्री नीति, कानुन र योजना निर्माणमा गर्नुपर्ने बताए ।

‘युवाको पक्षमा कानुन बनाउन नेपालको संसद् प्रतिबद्ध रहेको छ’, उनले भने, ‘अहिलेका युवामा देखिएका निरासा अन्त्य गर्नुपर्छ ।’

उनले जेसिजको मूल्य मान्यता अझै बढी पारिपालन गर्नुपर्ने आवश्यकता सबैमा रहेको बताए । सभामुख घिमिरेले जेसिजमा एक पटकमा एउटा पदमा मात्रै नेतृत्व गर्न पाउने परिपाटी अन्य सङ्घ संस्था र राजनीतिमा पनि अनुकरणीय रहेको उल्लेख गरे ।

नेपाल जेसिजका पूर्व अध्यक्ष तथा महाधिवेशन निर्देशक जगतबहादुर पोखरेलले जेसिजको नियमबाट अन्यले पनि पाठ सिक्न जरुरी रहेको बताए । उनले बोल्नेभन्दा पनि काम गर्ने परिपाटीको विकास हुनुपर्ने बताए । बुटवल उपमहानरपालिका प्रमुख खेलराज पाण्डेयले बुटवलमा जेसिजको महाधिवेशनले राष्ट्रिय सन्देश दिएको बताए ।

जेसिजका पूर्व अन्तर्राष्ट्रिय उपाध्यक्ष अनुपमान सैँजुले नेपाल जेसीजको राष्ट्रिय महाधिवेशनले बुटवलबाट नयाँ सन्देश दिएको बताए । ‘सक्षम युवा सुदृढ देशः सुशासनका लागि समुन्नत परिवेश’ भन्ने नारासहित भएको महाधिवेशनमा नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष विकास मानन्धर, प्रदेश सांसद भोजप्रसाद श्रेष्ठ, विष्णु पन्थी, नेपाल पत्रकार महासङ्का अध्यक्ष विपुल पोखरेल लगायतले जेसिजको कार्यबाट सबैले सिक्नुपर्ने बताए । महाधिवेशनमा नेपाल जेसिजका एक सय ७८ शाखाबाट एक हजार दुई सय ४६ प्रतिनिधि सहभागी रहेका छन् ।

प्रकाशित मिति : २९ मंसिर २०८०, शुक्रबार  १० : ३९ बजे

नेपाल ‘प्याक्स सिलिका’मा सहभागी भएको हो कि होइन सरकारले प्रस्ट पारोस् : वर्षमान पुन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा पूर्वअर्थमन्त्री

विद्युत् विभागसमक्ष इप्पानका १३ बुँदे माग

काठमाडौं । विद्युत् विकास विभागका नवनियुक्त महानिर्देशक सागरराज गौतमले विद्युत्

गणपुरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं । गणपुरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ

एनसेल बिजनेसले वेब होस्टिङ र डोमेन सेवासहितका सुविधा उपलब्ध गराउने

काठमाडौं- एनसेलले एनसेल बिजनेस क्लाउड सुइट सेवा सुरु गरेको छ।