सर्वोच्चको फैसलापछि बैंक र बीमा कम्पनीले तिर्न थाले कर « Khabarhub

सर्वोच्चको फैसलापछि बैंक र बीमा कम्पनीले तिर्न थाले कर


२९ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


531
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बैंक तथा बीमा कम्पनीहरुले शुक्रबार एकै दिन ११ अर्ब ३ करोड रुपैयाँ कर तिरेका छन् । मर्जरको बार्गेन पर्चेज गेन र एफपीओको प्रिमियममा सरकारले कर तिर्न भनेपछि बैंक तथा बीमा कम्पनीहरुले कर तिर्न थालेका हुन् ।

चालु आर्थिक वर्षको बजेटमा सरकारले बैंक तथा बीमा कम्पनीको मर्जर तथा प्राप्तीको बार्गेन पर्चेज गेन र एफपीओको प्रिमियममा कर तिर्नुपर्ने गरेको थियो । यसका विरुद्ध बैंक तथा बीमा कम्पनीहरुले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उक्त रिट सर्वोच्च अदालतको संवैधानिक आयोगले खारेज गरिदिएको थियो । रिट खारेजसँगै बैंक तथा वित्तीय संस्थाले कर तिर्न थालेका हुन्।

आन्तरिक राजस्व विभागका अनुसार अनुसार करिब ३० वटा करदाताले राजस्ववापत कर बुझाएका छन्। बाँकी कम्पनीलाई कर तिर्ने प्रयोजनका लागि शनिबार पनि कार्यालय खुला गरिने छ।

बैंक तथा बीमा कम्पनीले प्रिमियमबापतको रकमलाई आय मानेर ३० प्रतिशत र अन्य संस्थाले २५ प्रतिशत कर तिर्नुपर्छ।मंसिर महिनाभित्र उक्त कर नतिरे जरिवाना र ब्याज लाग्ने छ ।

प्रकाशित मिति : २९ मंसिर २०८०, शुक्रबार  १० : ५६ बजे

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक ८ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक ८ गते आइतबारको राशिफल

काठमाडौँ– २०८३ साल कात्तिक ८ गते आइतबार सन् २०२६ अक्टोबर

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज