तृप्ति डिमरी आईएमडीबीमा सबैभन्दा लोकप्रिय सेलिब्रिटी « Khabarhub

तृप्ति डिमरी आईएमडीबीमा सबैभन्दा लोकप्रिय सेलिब्रिटी


२९ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


477
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – फिल्म ‘एनिमल’ रिलिजपछि रणवीर कपुर र बबी देओलबाहेक कोही चर्चामा छ भने त्यो नाम हो तृप्ति डिमरी । भारतीय सामाजिक सञ्जाल प्रयोगकर्ताले उनलाई ‘नेसनल क्रस’को संज्ञा नै दिएका छन् ।
अब फिल्मको अभिलेख राख्ने एजेन्सी आईएमडीबीको भारतीय संस्करणले नयाँ सूची सार्वजनिक गरेको छ, जसमा तृप्ति सबैभन्दा लोकप्रिय सेलिब्रिटी बनेकी छन् ।

आईएडीबीले हरेक साता यो सूची जारी गर्छ । पछिल्लो साता उक्त वेबसाइटमा धेरै खोजिने सेलिब्रिटीले सूचीमा स्थान पाउँछन् । तृप्तिपछि यो सूचीमा ‘एनिमल’ निर्देशक सन्दीप रेड्डी भांगा दोस्रो स्थानमा छन् ।

सूचीमा सुहाना खान र खुसी कपुर तेस्रो र चौथो स्थानमा छन् । सायद तृप्ति आफू यतिविधि लोकप्रिय हुन्छु भनेर उनी स्वयंले अनुमान पनि गरेकी थिइनन् । ‘एनिमल’ रिलिज भएपछि उनको भाग्य चम्किएको छ ।

अभिनेता सौरभ सचदेवा पनि सूचीमा छन् । सचदेवाले ‘एनिमल’मा बबी देओलको भाइको भूमिका निर्वाह गरेका छन्, जो उनको अनुवादक हुन् । यो सूचीमा राजकुमार हिरानी, जोया अख्तर र ‘केजीएफ’ अभिनेता यश पनि छन् । सूचीमा ‘एनिमल’सँग जोडिएका चार नाम सूचीकृत छन् ।

‘एनिमल’ रिलिजपछि तृप्तिको लोकप्रियता ह्वात्तै बढ्यो । विवरण अनुसार फिल्म रिलिजअघि उनलाई इन्स्टाग्राममा ६ लाखले पछ्याएका थिए । अहिले फलोअर्स संख्या ३६ लाख पुगेको छ । फलोअर्समा ३२० प्रतिशतले वृद्धि भएको देखिन्छ ।

एनिमल’मा तृप्तिको पात्रको नाम जोया हो । उनी रणवीरको चरित्र रणविजयसँग प्रेममा परेकी छिन् । यद्यपि उनी शत्रु गिरोहकी सदस्य हुन्छिन् । फिल्ममा जोया र रणविजयको बीचमा धेरै अन्तरंग दृश्य छन् ।

फिल्ममा उनका केही दृश्यलाई लिएर विवाद भएको छ । एउटा दृश्यमा रणविजयले जोयालाई अंग्रेजीमा मेरो जुत्तालाई चुम्बन गर्न आग्रह गर्छन् । यो दृश्यमा दर्शकको एक वर्ग आक्रोशित छ । यो फिल्म भए पनि महिलाका लागि यस्तो शब्द प्रयोग गर्नु उचित नभएको उनीहरुको तर्क छ ।

तृप्तिले यसबारे आफ्नो अलग धारणा राखेकी छन् । आफू व्यावसायिक अभिनेत्री भएकाले स्क्रिप्टमा भएअनुसार काम गर्न हिच्किचाहट नभएको उनले बताएकी छन् । तर वास्तविक जीवनमा यो काम उचित नभएको उनको तर्क छ ।

‘काला’ र ‘बुलबुल’जस्ता फिल्ममा काम गरिसकेकी तृप्तिलाई ‘एनिमल’ले पहिचान दिलाएको छ ।

स्रोत : एएनआई

प्रकाशित मिति : २९ मंसिर २०८०, शुक्रबार  ११ : ०२ बजे

कांग्रेसलाई क्रान्तिभूमिको खबरदारी– शहीदको सन्देश नभुल्नू

ओखलढुङ्गा श्री चम्पादेवी र जलजलेश्वर महादेवको धार्मिक आस्थाले रक्षित पवित्र

जी-७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति

एजेन्सी– विश्वव्यापी ऊर्जा आपूर्ति संकट र बढ्दो इन्धन मूल्यलाई नियन्त्रण

जापानीज इन्सेफलाइटिसबाट १३१ जना सङ्क्रमित, २८ जनाको मृत्यु

काठमाडौं- नेपालमा सन् २०२६ मा हालसम्म जापानीज इन्सेफलाइटिस (जेई) बाट १३१

म्याक्स टाइगरको ‘दशैँ धमाका’ : ३६ जनाले यामाहा र एक जनाले प्रोटोन कार जित्ने अवसर

ललितपुर-  म्याक्स टाइगर इनर्जी ड्रिंकले दशैँ लक्षित ‘दशैँ धमाका २०२६’

६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

लमजुङ– बाढीपहिरोका कारण ६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा आएको