धुलो धुवाँको कारण चाँडै दमले समात्छ | Khabarhub Khabarhub

धुलो धुवाँको कारण चाँडै दमले समात्छ

‘चिसोमा मह र अदुवा धेरै फाइदाजनक हुन्छ’


२ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : चिसोका कारण ५ वर्ष मुनिका बालबालिकालाई अधिक रूपमा रुघाखोकी दम जस्ता समस्याले सताउने गर्दछ । बालबालिकालाई यस्ता समस्याबाट बचाउन अभिभावक पनि अनेक उपाय अपनाउने गर्दछन् । रोग व्याधिबाट बचाउन भन्दै अभिभावकहरूले चिकित्सा विज्ञानले बनाएको मानक आधार भन्दा ठिक विपरीतका उपायहरू अपनाएको पनि देखिन्छ । रोग प्रतिरोधात्मक क्षमता कम हुनाले पनि चिसोले बालबालिकालाई चाँडो समाई हाल्छ । खोक्दा तथा हाछिँउ गर्दा चिसोको जीवाणु हावामा सक्रिय हुन्छ । रुघाखोकीको लागि खासै उपचार आवश्यक छैन यस्ता सङ्क्रमण आफै निको भएर जान्छ । यस्ता बालबालिकालाई औषधि दिनु भन्दा प्राकृतिक उपचार तथा घरेलु उपचार उपयुक्त हुन्छ त्यसैले घरमा बालबालिकाको उपचार कसरी गर्ने त ? यसै विषयमा आधारित रहेर बाल छाती रोग विशेषज्ञ डाक्टर जगतजीवन घिमिरेसँग त्रिगुना भट्टराई बस्नेतले गरेको कुराकानीको सम्पादित अंश: 

बालबालिकामा लाग्ने कस्तो खोकीलाई सामान्य र जटिल मान्ने हामीले ?
बालबालिकामा खोकीलाई सामान्य रूपमा नै लिइन्छ । तर अस्पताल जाने कारण मध्ये चाहिँ ओपिडीमा जाने प्रमुख रूपमा लिएको छ । धेरै बच्चाहरूमा छोटो खोकी हुन्छ रुघा भएको ५ देखि ७ दिन सम्म रहने खोकीलाई सामान्य रूपमा लिनु पर्छ । कुनै बच्चामा खोकी लामो समय हुने, बार बार हुने खाेकी,घ्यार-घ्यार हुने, सास फेर्न गार्हो हुने यस्ता खोकीलाई सामान्य मान्नु हुँदैन ।

सामान्य खोकी लाग्दा उपचार, औषधि गराउनु पर्छ या पर्दैन ?
यो संसार भरी नै विवेकी कुरा हो हामी जुन देशमा बसेका छौँ । जहाँसुकै खोकीको औषधि बढी मात्रामा रहेको छ । १८ वर्ष भन्दा सानो उमेरको बिरामीहरूलाई खोकीको औषधि नै भनेर हुँदैन । खोकीको औषधि खादा फाइदा भन्दा बेफाइदा गर्छ । फाइदा चाहिँ हुँदै हुँदैन कहिले काहीँ बेफाइदा हुन्छ । बजारमा पाउने खोकीको औषधि धेरै मात्रामा प्रयोग नगर्ने घरैमा पाउने औषधि प्रयोग गर्ने, मह र अदुवा खोकीको लागि धेरै राम्रो हुन्छ ।

मह र अदुवा कसरी र कति मात्रामा दिनु पर्छ ?
मह यति नै दिने भन्ने हुँदैन सानो बच्चालाई भन्दा ठुलो बच्चालाई मह मजाले १ चम्चा बिहान बेलुका खुवाइदिएमा चाडै त्यसको परिणाम तथा फाइदा चाँडो आउँछ । सबै भन्दा फाइदाजनक रूपमा महलाई लिइन्छ। अदुवा पनि पोलेर खाने गरेको पाइन्छ । त्यसले पनि खाकीको लागि अति नै राम्रो र घरायसी औषधिका रूपमा रहेको छ ।

खाकी लाग्दा गुलियो चकलेटहरू दिनु नहुने हो ?
विज्ञानले भने यस्तो विषयलाई भने मान्दैन । तर कुनै बच्चामा भने चकलेट तथा गुलियो चिजको एलर्जीको कारण पनि खोकी लाग्छ । यस्ता खोकी दुई थरीका हुन्छन्, रुघा लागेको बेला गुलियो चिज खाएर, दम, नाकको एलर्जी र ग्यास्ट्रिकको कारण बच्चामा खोकी लाग्ने गर्छ । त्यसैले चकलेटको मात्रा बच्चामा कम गराउनु नै राम्रो हुन्छ । नाक बन्द हुने, नाकबाट सिँगान बगिरहने, छिउँ छिउँ भई रहने, लामो समयको खोकीलाई सुख्खा र खकार आउने खोकीलाई पिबिबि भनेर बुझिन्छ ।रुघा लाग्दाको खोकीलाई सामान्य खोकीको रूपमा लिइन्छ। बारबार हुने खोकीलाई दमको खोकीका रूपमा मानिन्छ ।

दमको खोकीमा रुघा लान्छ कि लाग्दैन ?
खास गरी दम खोकी भनेको टिगर हो। सबभन्दा सानो बच्चाहरूको रुघा खोकी टिगर नै हो। धुलो धुवाँको कारण बाट पनि दम चाँडो लाग्छ । सानो बच्चाहरूमा खेल्दा, हाँस्दा, दौडँदा, उफ्रिँदा र धेरै खुसी हुँदा दम हुन्छ । दमको खोकी वंशाणुगत हुन पनि सक्छ ।

दम खोकी भएको बालबालिकाको उपचार कसरी हुन्छ पछि सम्म खोकी रहिरहन्छ ?
दम खोकी नै भनेर जाँच गर्न फिनो भन्ने जाँच पनि गरिन्छ । यो जाँचले भने दम नै हो भनेर पत्ता लगाउन सकिन्छ । यो रोग लक्षण हेरेर मात्र थाहा पाउन सकिदैन । सके सम्म यो बच्चाको रोग यस्तो हो भनेर भन्न सक्नु आवश्यक छ । कति बच्चामा दमको लक्षणको आधारमा पनि उपचार गर्नु पर्ने हुन्छ ।

लक्षणको आधारमा उपचार गर्दा केही असर पर्दैन ?
लक्षणको आधारमा उपचार गर्दा एउटा समस्या हुन्छ । जुन समय भित्र पनि आराम भएन भने अन्य कारण र उपाय पनि अपनाउ गर्नु पर्छ । बच्चालाई टेस्ट गराउन पनि धेरै असहज हुन्छ त्यस कारण पनि बच्चामा दम खोकी मात्र नभई अन्य रोगको उपचार गर्न असहज हुन्छ ।

ओपिडीमा कस्तो खालको बालबालिका आउनु हुन्छ ?
सामान्य खोकी भन्दा पनि लामो खोकी भएका बच्चाहरू आउनुहुन्छ । मुख खोलेर सुत्ने, सुत्दा सुत्दै मुर्छा पर्ने जस्ता कारण भएका र निरन्तर रूपमा खोकी लागेर निको नभएका बालबच्चा आउनु हुन्छ ।

सामान्य खोकी र दम खोकीका बालबच्चाको हेरचाह कसरी गर्ने ?
सामान्य खोकीको लागि सकेसम्म कम औषधि प्रयोग गर्ने र घरायसी औषधिको नै प्रयोग गर्ने । लामो तथा दम खोकीको लागि डाक्टरको सल्लाह अनुसारको मात्र औषधि प्रयोग गर्ने । धुलो धुवाँबाट बच्चालाई टाढा राख्नु आवश्यक छ ।

मौसम परिवर्तन हुँदा रुघाखोकीको बढी समस्या हुन्छ बालबच्चाको हेरचाह कसरी गर्ने ?
मौसम परिवर्तनमा भाइरसको कारणले रुघा खोकी लाग्छ । अहिले एउटा भाइरसले अर्को भाइरसको प्रोलिफिरेसनलाई बढाइँ दिन्छ । हातमुख राम्रो सँग धुने, सरसफाइ रहने, भ्याक्सिनको प्रयोगबाट पनि कम गराउन सकिन्छ । भ्याक्सिन ६ महिना माथिका अन्य जुन सुकै उमेरको मानिसले लगाउन सकिन्छ । जुठो खाएर पनि रुघा खोकी लाग्न सक्छ । खोकी लाग्नबाट सुरक्षित रहन अहिले धेरै उपाय अपनाउन सकिन्छ ।

 

(प्रस्तुति : कुसुम गौतम)

प्रकाशित मिति : २ माघ २०७९, सोमबार  ६ : २९ बजे

संस्कृतिको संरक्षण गर्न ‘पुर्ख्यौली नाच प्रतिस्पर्धा’

म्याग्दी– म्याग्दीका मगर समुदायको मौलिक संस्कृतिको रुपमा रहेको पुर्ख्यौली नाचलाई

जिल्ला प्रशासन म्याग्दीको आवासगृहमा आगलागी, एक जना घाइते

म्याग्दी– जिल्ला प्रशासन कार्यालय मुस्ताङको आवासगृहमा आज बिहान आगलागी हुँदा

कांग्रेस नेता कोइराला र बेलायती कन्जरभेटिभ पार्टीका नेता क्लेभर्लीबीच भेटवार्ता

काठमाडौं– बेलायत भ्रमणमा रहेका नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले

रास्वपा लक्षित बास्कोटाको टिप्पणी– बाघ र निलो रंगे स्यालको फरक कहिले छुट्टेला ?

काठमाडौं– नेकपा एमालेका नेता गोकुल बास्कोटाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

मौरीपालनबाट किसान लाभान्वित

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिका–९ का विष्णुबहादुर खड्का