नाइजेरियाको विद्यालयमा बन्दुकधारीद्वारा आक्रमण, ३१५ जना अपहरित « Khabarhub

नाइजेरियाको विद्यालयमा बन्दुकधारीद्वारा आक्रमण, ३१५ जना अपहरित


६ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

लागोस – नाइजेरियामा बन्दुकधारी एक समूहले आक्रमण गरी ३०० भन्दा बढी विद्यार्थी र शिक्षकहरूलाई अपहरण गरेको एक इसाई समूहले शनिबार बताएको छ। अफ्रिकाको सबैभन्दा बढी जनसङ्ख्या भएको नाइजेरियाको नाइजर राज्यमा रहेको सेन्ट मेरिज को–एजुकेशन स्कुलमा शुक्रबार बिहान बन्दुकधारीले आक्रमण गरी २५ जना केटीलाई अपहरण गरी लगेका थिए ।

क्रिश्चियन एसोसिएसन अफ नाइजेरिया (क्यान) ले पहिले २२७ जनालाई अपहरण गरेको बताएको थियो तर सङ्ख्यालाई अद्यावधिक गर्दै अपहरणमा परेका पीडितहरूको कुल सङ्ख्या ३०३ जना विद्यार्थी र १२ जना शिक्षक गरी ३१५ रहेको जानकारी गराएको छ।

सेन्ट मेरिज स्कूलबाट अपहरण गरिएका केटा र केटीहरूको सङ्ख्या विद्यालयको कुल विद्यार्थी सङ्ख्याको आधा हो । नाइजेरिया सरकारले अपहरणमा परेका विद्यार्थी र शिक्षकको सङ्ख्याबारे कुनै टिप्पणी गरेको छैन । नाइजर राज्यका गभर्नर मोहम्मद उमर बागोले गुप्तचर विभाग र प्रहरीले ‘क्षतिको गणना’ गरिरहेको र दिनको अन्त्यसम्ममा तथ्याङ्क सार्वजनिक हुने बताए ।

अपहरणपछि सरकारले बागोका केही विद्यालयहरू बन्द गर्न आदेश दिएको छ। राष्ट्रपति बोला तिनुबुले सङ्कटको सामना गर्न जोहानेसबर्गमा हुने जी–२० शिखर सम्मेलनमा भाग लिने लगायतका अन्तर्राष्ट्रिय कार्यक्रम रद्द गरेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नाइजेरियामा कट्टरपन्थी इस्लामवादीहरूले इसाईहरूको हत्या गरेको आरोपमा सैन्य कारबाहीको धम्की दिएपछि दुई वटा अपहरण र एउटा चर्चमा आक्रमण भएको छ।

अमेरिकी रक्षामन्त्री पिट हेगसेथले शुक्रबार नाइजेरियाली राष्ट्रिय सुरक्षा सल्लाहकार नुहु रिबादुसँगको वार्ताका क्रममा अबुजालाई ‘इसाई धर्मावलम्बीविरुद्धको हिंसा रोक्न तत्काल र दिगो दुवै कदम चाल्न आग्रह गरेको’ पेन्टागनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

एक दशकभन्दा बढी समयअघि उत्तरी बोर्नो राज्यको चिबोकमा बोको हराम जिहादीहरूले करिब ३०० किशोरी अपहरण गरेपछि नाइजेरिया अझै पनि त्रसित छ। तीमध्ये केही किशोरीहरू अझै पनि फिर्ता भएका छैनन् । उनीहरू सरकारको वेपत्ताको सूचीमा रहेका छन्।

प्रकाशित मिति : ६ मंसिर २०८२, शनिबार  ८ : २६ बजे

श्रीमतीलाई कुटपिट गरी हत्या गर्ने श्रीमान् पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका –०१, नुनढाकी थर्पुमा श्रीमानको कुटपिटबाट ४९ वर्षीया

माओको मिममा हाँस्दा एम्बाप्पेलाई महँगो पर्‍यो, चीनसँगको व्यावसायिक सम्बन्ध नै धरापमा !

काठमाडौँ – विश्व फुटबलका चर्चित स्टार किलियन एम्बाप्पे मैदानमा आफ्नो

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच