पोखरा विमान दुर्घटना : २६ जनाको पहिचान खुल्यो « Khabarhub

पोखरा विमान दुर्घटना : २६ जनाको पहिचान खुल्यो


२ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

पोखरा– पोखरामा आइतबार भएको यती एयलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकामध्ये २६ जनाको पहिचान खुलेको छ ।
आइतबार दुर्घटनामा परेको विमानमा चालक दलका चारसहित ७२ जना सवार थिए ।

अस्वभाविक रुपमा फन्को मार्दै विमान सेती खोंचमा खसेको थियो । दुर्घटनामा परेका अहिलेसम्म ६८ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ । त्यसमध्ये २६ जनाको शव पहिचान भएको कास्की प्रहरीले जनाएको छ ।

दुर्घटनामा ज्यान गुमाएर पहिचान खुल्नेमा पर्वतको कुश्मा -१ का १० वर्षका रियान पौडेल, पोखरा १३ मियाँपाटनका सदाकत अलिमियाँ, पोखरा ७ की लक्ष्मी पौडेल, पर्वत कुश्मा-९ कटुवाचौपारीका ४६ वर्षका अरुण पौडेल, उनकी ११ वर्षकी छोरी प्रसिद्धी, पर्वत मोदी १ का ३९ वर्षका विजयकुमार गुरुङ, त्यही ठाउँकी रचना काफ्ले पौडेल, पोखरा २२ का रक्की गुरुङ छन् ।

पोखरा ११ बस्ने ३७ वर्षीय पत्रकार त्रिभुवन पौडेल, पोखरा १३, काहुँडाँडाका २७ वर्षका निशान्त आचार्य, पोखरा १७ घर भई अहिले बालाजु बस्ने संगीता शाही, पोखरा ४ का डा. सुशील श्रेष्ठ र उनकी श्रीमती डा. सोना दिवाकर  रहेका छन् ।

रूपन्देही शंकर ८ का डा. गणेश थापा, काठमाडौँकी नतु परियार, रीता परियार, हरि परियार, पोखरा ८ की एसमिन गुरुङ, पोखराको बुद्धचोकका पूजन राना, बुटवल मुर्गिया घर भएकी एअर होस्टेज सृजना हुन्चिङ, कावासोती ६ का ३५ वर्षका मोहनप्रकाश श्रेष्ठ, पोखराको छोरेपाटनकी जीवनकला गुरुङ, कोरियन नागरिक यु क्युघुल, रसियन नागरिक जुरिज लेगिनएलेनको पहिचान खुलेको प्रहरीले जनाएको छ ।

पहिचान खुलेका शव जिम्मा लगाउनका लागि आफन्तलाई बोलाइएको छ । बिहानैदेखि पोखराको मौसम प्रतिकूल भइरहेका कारण पनि उद्धारका कठिनाइ भएको छ ।

प्रकाशित मिति : २ माघ २०७९, सोमबार  ९ : ५७ बजे

स्याङ्जाको तीन सन्तान जन्माउने परिवारलाई आर्थिक सहायता

वालिङ– स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले तीन सन्तान जन्माउने परिवारलाई आर्थिक सहायता

किराती–साम्पाङ भेटवार्ता सकारात्मक, दुवै सुनसरी–१ बाट उठ्ने तयारीमा

धरान– पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टी अध्यक्ष परिषद्का सदस्य सुदन

पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी

चौतारा– यहाँको भोटेकोसी गाउँपालिकाको लिस्तिकोटस्थित यार्मासिङ गाउँमा रहेको ऐतिहासिक युद्धकिल्ला

इरानमा सरकार विरोधी आन्दोलन तीव्र

दुबई– इरानको इस्लामिक गणतन्त्रलाई प्रत्यक्ष चुनौती दिने राष्ट्रव्यापी विरोध प्रदर्शन

पृथ्वीनारायण शाहको राष्ट्रप्रेम र एकताको भावना हाम्रा लागि प्रेरणाको स्रोत : सभामुख घिमिरे

काठमाडौं– विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले राष्ट्रिय एकता, आपसी सद्भाव