नेपाली कांग्रेस होइन अब जनता मात्रै प्रतिपक्ष हुन् | Khabarhub Khabarhub

नेपाली कांग्रेस होइन अब जनता मात्रै प्रतिपक्ष हुन्


२ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : प्रतिनिधि सभाको झन्डै सबै सांसदहरूको विश्वासको मत प्राप्त गरेको यो सरकार ऐतिहासिक रूपमा अभूत पूर्व शक्तिशाली बनेको छ । सरकार समक्ष जनताका धेरै अपेक्षा छन् अथवा जनताले ठानेका छन् । यो अभूतपूर्व शक्तिशाली सरकारले अब राष्ट्र र जनताको लागि केही न केही काम गर्ला, सरकारको लामो समय देखि कचल्टिएका समस्याहरूलाई समाधान गर्न आफ्नो ऊर्जा र शक्तिको लागि प्रयोग गर्ला । तर सरकारको अहिलेको छाँटकाँट देख्दा यसले केही गरी हाल्ला जस्तो देखिएको छैन । तथापि सरकारले छिटो भन्दा छिटो राष्ट्र र जनताका निमित्त केही गर्न के कुरालाई प्राथमिकतामा केलाई राख्नु पर्ला ? यिनै विषयमा आधारित रहेर राजनीतिक विश्लेषक डाक्टर गोपालकृष्ण सिवाकोटीसँग सुशील पाण्डेले गरेको कुराकानीको सम्पादित अंशः

नेपाली कांग्रेस यति बेला सत्ता पक्ष कि प्रतिपक्ष ?
अहिलेको अवस्थामा संविधानको व्याख्या नगई अहिले कांग्रेस सत्ता पक्षको देख्छु म । आवश्यकता भन्दा बढी सांसदहरू भइसकेको अवस्थामा नेपाली कांग्रेसले सरकारलाई समर्थन गर्ने भनेपछि आफूलाई विजय हासिल गर्न नसकेको अवस्थामा विजयीसँग जाँदा आफू पनि विजयी भइयो । अहिले नेपाली कांग्रेसलाई प्रतिपक्ष भन्न मिल्दैन ।

कांग्रेसले गरेको यो राजनीतिले दुर्गामी रूपमा कस्तो असर गर्ला ?
भोक नलागेको बेला जे दिए पनि नखाने । तर भोक लागेपछि मिल चाट्ने भने जस्तो पहिला भनेको बेलामा चतुर्याइँ नबुझेर यो गरेको हो । पहिला यो कुरा बुझेन ।

कतै कांग्रेसले अहिले समर्थन गरेर पछि सरकार ढाल्न यो गतिविधि गरेको हैन ?
धेरै लामो संघर्षपछि आएको सरकार हो । यसरी समर्थन गरेर पछि सरकार ढाल्न यो गतिविधि तर्फ कांग्रेस लाग्दैन जस्तो लाग्छ मलाई । देश र जनताको विकास गर्न हामी एक भयौँ भन्ने हो भने त्यो राम्रो हो ।

प्रतिपक्ष आफ्नो समर्थनमा आएको छ अब राम्रो काम गर्न सक्ला ?
यो मुलुकका मुख्य समस्याहरु के के हुन् र के गर्‍यो भने विकास होला भनेर त्यता लाग्नु पर्याये । पछि सुशासन भ्रष्टाचारका विषयलाई ध्यान दिएर जानु  पर्‍यो। सरकारको प्राथमिकता भनेको देश विकास भनेर बुझ्नु पर्‍यो। हामी सधैँ भुपरिवेष्ठित देश भनेर नारा लगाएर मात्र बस्नु हुँदैन । एउटा परियोजना बनाउँदा कुनै कार्यक्रम बनाएर योजना बनाएर गर्नु पर्दछ । कुन कहिले सम्म कसरी र किन गर्ने भनेर ध्यान दिनु पुर्यायो ।

त्यो सरकारलाई फालेर काम गर्ने सरकार ल्याईहाल्ने हो नि ?
राति कोही राति भोकै नसुतोस् भन्नु पर्‍यो । राजनीतिक दलहरूले चुनावमा आफ्ना घोषणा पत्र लिएर गएर अहिलेको २१ बुँधेले पनि नेपालको विकास गर्नु पर्ने देखिएन । हाम्रो देशमा भएका खोलानालाबाट ६००० मेगावाटको बिजुली निकाल्न सक्छौँ तर नेपालका खोलानालामा म बत्ती निकाल्छु भनेर गयो भने सबै बुक भइसकेको हुन्छ । अगाडि गएका देशहरुले लगानी शिक्षा स्वास्थ्यमा गरेका छन् । तर हामी पौरखी हातहरू बाहिर पठाएका छौँ । चुनावको दिन साँढे १६ सय मानिसहरू बाहिर गएका छन् । यो देश अन्तर्राष्ट्रिय आप्रवासन नीतिले निर्माण छ । यो २१ बुँधेमा त्यो समेटेर ल्याउँछ कि । जमिनको व्यवस्थापन गरेर कृषिमा आफू जिउने स्थिति गर भनेर गर्नु पुर्‍यायाे ।

कांग्रेसले गरेको समर्थन के का लागि ?
जनता प्रतिपक्ष भए । नागरिक समाज प्रतिपक्ष भए । नेपालमा के हुन्छ हुन्छ विश्लेषण गर्न नै गार्हाे हुने भयो । नेपाली कांग्रेसमा राम्रो काम गर्ने नेताहरू पनि हुनुहुन्छ ।तर निष्ठाको राजनीति गर्ने थोरै छन् । अब आम नागरिकलाई विश्वास दिलाउनु पर्‍यो । स्थानीय स्रोत र साधनको प्रयोग गर्नु पर्‍यो । यातायातमा सही विकास होस् ।

(प्रस्तुति : पुष्पाञ्जली बस्नेत)

प्रकाशित मिति : २ माघ २०७९, सोमबार  १२ : २८ बजे

राहतको प्रतीक्षामा महोत्तरीका अग्निपीडित

महोत्तरी– महोत्तरीको मटिहानी–६ स्थित मुस्लिम बस्तीका एक सय ५० अग्निपीडित

पोखरामा भोलिदेखि राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने

गण्डकी– पोखरामा शुक्रबार र शनिबार चौथो राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता

रुसविरुद्ध युक्रेनले लामो दुरीको ब्यालेस्टिक मिसाइल प्रयोग गरेको अमेरिकी दाबी

काठमाडौं – युक्रेनले रुसविरुद्ध लामो दुरीको ब्यालेस्टिक मिसाइल प्रयोग गर्न

इंग्लिस प्रिमियर लिग : एभर्टनसँग लिभरपुल स्तब्ध

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले लिभरपुललाई हराएको छ ।

उपनिर्वाचनको प्रचारप्रसार आजदेखि बन्द

काठमाडौं– यही वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आजदेखि प्रचारप्रसार