नेपाली कांग्रेस होइन अब जनता मात्रै प्रतिपक्ष हुन् « Khabarhub

नेपाली कांग्रेस होइन अब जनता मात्रै प्रतिपक्ष हुन्


२ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : प्रतिनिधि सभाको झन्डै सबै सांसदहरूको विश्वासको मत प्राप्त गरेको यो सरकार ऐतिहासिक रूपमा अभूत पूर्व शक्तिशाली बनेको छ । सरकार समक्ष जनताका धेरै अपेक्षा छन् अथवा जनताले ठानेका छन् । यो अभूतपूर्व शक्तिशाली सरकारले अब राष्ट्र र जनताको लागि केही न केही काम गर्ला, सरकारको लामो समय देखि कचल्टिएका समस्याहरूलाई समाधान गर्न आफ्नो ऊर्जा र शक्तिको लागि प्रयोग गर्ला । तर सरकारको अहिलेको छाँटकाँट देख्दा यसले केही गरी हाल्ला जस्तो देखिएको छैन । तथापि सरकारले छिटो भन्दा छिटो राष्ट्र र जनताका निमित्त केही गर्न के कुरालाई प्राथमिकतामा केलाई राख्नु पर्ला ? यिनै विषयमा आधारित रहेर राजनीतिक विश्लेषक डाक्टर गोपालकृष्ण सिवाकोटीसँग सुशील पाण्डेले गरेको कुराकानीको सम्पादित अंशः

नेपाली कांग्रेस यति बेला सत्ता पक्ष कि प्रतिपक्ष ?
अहिलेको अवस्थामा संविधानको व्याख्या नगई अहिले कांग्रेस सत्ता पक्षको देख्छु म । आवश्यकता भन्दा बढी सांसदहरू भइसकेको अवस्थामा नेपाली कांग्रेसले सरकारलाई समर्थन गर्ने भनेपछि आफूलाई विजय हासिल गर्न नसकेको अवस्थामा विजयीसँग जाँदा आफू पनि विजयी भइयो । अहिले नेपाली कांग्रेसलाई प्रतिपक्ष भन्न मिल्दैन ।

कांग्रेसले गरेको यो राजनीतिले दुर्गामी रूपमा कस्तो असर गर्ला ?
भोक नलागेको बेला जे दिए पनि नखाने । तर भोक लागेपछि मिल चाट्ने भने जस्तो पहिला भनेको बेलामा चतुर्याइँ नबुझेर यो गरेको हो । पहिला यो कुरा बुझेन ।

कतै कांग्रेसले अहिले समर्थन गरेर पछि सरकार ढाल्न यो गतिविधि गरेको हैन ?
धेरै लामो संघर्षपछि आएको सरकार हो । यसरी समर्थन गरेर पछि सरकार ढाल्न यो गतिविधि तर्फ कांग्रेस लाग्दैन जस्तो लाग्छ मलाई । देश र जनताको विकास गर्न हामी एक भयौँ भन्ने हो भने त्यो राम्रो हो ।

प्रतिपक्ष आफ्नो समर्थनमा आएको छ अब राम्रो काम गर्न सक्ला ?
यो मुलुकका मुख्य समस्याहरु के के हुन् र के गर्‍यो भने विकास होला भनेर त्यता लाग्नु पर्याये । पछि सुशासन भ्रष्टाचारका विषयलाई ध्यान दिएर जानु  पर्‍यो। सरकारको प्राथमिकता भनेको देश विकास भनेर बुझ्नु पर्‍यो। हामी सधैँ भुपरिवेष्ठित देश भनेर नारा लगाएर मात्र बस्नु हुँदैन । एउटा परियोजना बनाउँदा कुनै कार्यक्रम बनाएर योजना बनाएर गर्नु पर्दछ । कुन कहिले सम्म कसरी र किन गर्ने भनेर ध्यान दिनु पुर्यायो ।

त्यो सरकारलाई फालेर काम गर्ने सरकार ल्याईहाल्ने हो नि ?
राति कोही राति भोकै नसुतोस् भन्नु पर्‍यो । राजनीतिक दलहरूले चुनावमा आफ्ना घोषणा पत्र लिएर गएर अहिलेको २१ बुँधेले पनि नेपालको विकास गर्नु पर्ने देखिएन । हाम्रो देशमा भएका खोलानालाबाट ६००० मेगावाटको बिजुली निकाल्न सक्छौँ तर नेपालका खोलानालामा म बत्ती निकाल्छु भनेर गयो भने सबै बुक भइसकेको हुन्छ । अगाडि गएका देशहरुले लगानी शिक्षा स्वास्थ्यमा गरेका छन् । तर हामी पौरखी हातहरू बाहिर पठाएका छौँ । चुनावको दिन साँढे १६ सय मानिसहरू बाहिर गएका छन् । यो देश अन्तर्राष्ट्रिय आप्रवासन नीतिले निर्माण छ । यो २१ बुँधेमा त्यो समेटेर ल्याउँछ कि । जमिनको व्यवस्थापन गरेर कृषिमा आफू जिउने स्थिति गर भनेर गर्नु पुर्‍यायाे ।

कांग्रेसले गरेको समर्थन के का लागि ?
जनता प्रतिपक्ष भए । नागरिक समाज प्रतिपक्ष भए । नेपालमा के हुन्छ हुन्छ विश्लेषण गर्न नै गार्हाे हुने भयो । नेपाली कांग्रेसमा राम्रो काम गर्ने नेताहरू पनि हुनुहुन्छ ।तर निष्ठाको राजनीति गर्ने थोरै छन् । अब आम नागरिकलाई विश्वास दिलाउनु पर्‍यो । स्थानीय स्रोत र साधनको प्रयोग गर्नु पर्‍यो । यातायातमा सही विकास होस् ।

(प्रस्तुति : पुष्पाञ्जली बस्नेत)

प्रकाशित मिति : २ माघ २०७९, सोमबार  १२ : २८ बजे

सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

तेह्रथुम– तेह्रथुमको फेदाप गाउँपालिका–१ मा पोक्लाबाङ सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण

बालेन सरकारको निर्णय : स्नातकसम्म पढ्न नागरिकता नचाहिने

काठमाडौँ – सरकारले शिक्षा क्षेत्रको संरचनात्मक सुधारका लागि स्नातक तहसम्मको

बाढीले अवरुद्ध बीपी राजमार्ग सञ्चालनमा

काभ्रे– शुक्रबार साँझको वर्षापछि रोशी खोलामा आएको बाढीका कारण अवरुद्ध

कालीगण्डकीमा ‘र्‍याफ्टिङ’ सञ्चालन

म्याग्दी– पोखराका पर्यटन व्यवसायीहरूले आन्तरिक पर्यटकलाई लक्षित गरी कालीगण्डकी नदीमा