नमूना परीक्षणमा सेरोटाइप ३ स्वरुपको डेङ्गु धेरै « Khabarhub

नमूना परीक्षणमा सेरोटाइप ३ स्वरुपको डेङ्गु धेरै


२ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालमा गरिएको नमूना परीक्षणमा सेरोटाइप ३ स्वरुपको डेङ्गु धेरै देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, बीपी कोराइला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र त्रिभुवन विश्वविद्यालयको प्रयोगशालामा गरिएको अध्ययनमा सेरोटाइप ३ स्वरुपको डेङ्गु पाइएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा. गोकर्ण दाहालले जानकारी दिए ।

उनले विगतका वर्षभन्दा यसपटक सेरोटाइप ३ धेरै देखिएको बताए । “यस भन्दाअघि पनि हामीले नमूना परीक्षण गर्दा थोरै मात्रामा सेरोटाइप ३ देखिएको थियो”, उनले भने, “यसपटक भने बिरामी पनि धेरै भएकाले धेरै जनामा सेरोटाइप ३ देखिएको छ ।”

सामन्यता एकपटक डेङ्गु भएकालाई पुनः डेङ्गु हुँदा सेरोटाइप ३ देखिने सम्भावना रहेको उनको भनाइ छ । उनका अनुसार तीन ठाउँमा गरिएको तीन सय ३४ वटा नमूना परीक्षणमा ८१ जनामा सेरोटाइप ३ देखिएको छ भने दुबै खालका स्वरुप मिक्स भने छ जनाको नमूना परीक्षणमा देखिएको छ ।

सामान्यता एकपटक डेङ्गु देखिएकालाई अर्कोपटक देखिँदा सेरोटाइप २, सेरोटाइप ३ देखिने गर्दछ । “सरोटाइप १ र सेरोटाइप २ भइसकेका बिरामीले डेङ्गुसँग लड्ने क्षमता बनाइसकेका हुन्छन”, उनले भने, “यही ती दुई स्वरुपको सङ्क्रमण भइसकेका बिरामीलाई पुनः डेङ्गु भयो भने सेरोटाइप ३ हुन्छ ।”

राष्ट्रिय प्रयोगशाला टेकुमा दुई सय ७२ परीक्षणमध्ये ५९, त्रिविको ल्याबमा गरिएका ५० नमूनामध्ये १७ र धरानमा १२ नमूना परीक्षणमध्ये पाँच जनामा सेरोटाइप ३ देखिएको छ । यस्तै टेकुमा सेरोटाइप १ प्रजाति एक सय २६, सेरोटाइप २ प्रजाति २९ र ५३ नमूना परीक्षणमा डेङ्गु देखिएको थिएन । यस्तै त्रिविमा ५० जनामा गरिएको नमूना परीक्षणमा सेरोटाइप १ स्वरुप २१, सेरोटाइप २ स्वरुप पाँच जना र छ जनामा डेङ्गुको सङ्क्रमण देखिएको थिएन । यस्तै धरानमा १२ जनामा गरिएको परीक्षणमा सात जनामा सेरोटाइप १ देखिएको थियो ।

महाशाखाले यसअघि २०१९ मा गरिएको नमुना परीक्षणमा सेरोटाइप १ र सेरोटाइप २ मात्र देखिएको उनले जानकारी दिए । डेङ्गु पानी जम्ने ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फूल पार्दछ र ती फुल लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएर टोकेपछि डेङ्गु लाग्दछ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्यान्ट डा. विमल चालिसेले अघिल्लो पटक बिरामीमा देखिएको डेङ्गुको स्वरुप पछिल्लो फेरि डेङ्गु देखिएका स्वरुप परिवर्तन गरी जटिल समस्या देखिने बताउँछन् । “पहिलो पटक सेरोटाइप १ डेङ्गुको स्वरुप देखिएको छ भने अर्को पटक सङ्क्रमण हुँदा सेरोटाइप २ वा सेरोपाइप ३ देखिन्छ”, उनले भने, “यसरी पुनः डेङ्गु देखियो भने बिरामीलाई बढी जटिल बनाउने गर्दछ ।”

उच्च ज्वरो आउने र टाउको दुख्ने, बिरामीमा थकान महसुस हुने, गिँजाबाट रगत बग्ने, पेट असाध्यै दुख्ने, बारम्बार बान्ता हुने, सास फेर्न गाह्रो हुने, पेट खुट्टा सुनिनेजस्ता लक्षण पहिले सङ्क्रमण भएको भन्दा दोस्रो पटक डेङ्गु भएका बिरामीमा देखिने गर्दछ ।

यस्तै सामान्य प्रकारको डेङ्गुमा उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्ने जस्ता लक्षण देखा पर्दछन् । नेपालमा पहिलो पटक सन २००४ मा एक जनामा डेङ्गु देखिएको थियो । सन् २००५ मा भने डेङ्गुका बिरामी देखिएनन् । त्यसपछि सन् २००६ देखि डेङ्गुको सङ्क्रमण देखिँदै आएको छ ।

सन् २०२२ मा ५४ हजार छ सय ३० जनामा डेङ्गु देखिएको र डेङ्गुबाट ८८ जनाको ज्यान गइसकेको छ । महाशाखाका किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा. दाहालले डेङ्गु सङ्क्रमण पूर्णरुपमा नियन्त्रणमा नआइसकेकाले हप्तामा औसतमा सातदेखि आठ जनामा देखिने गरेको बताउँछन् ।

सन् २००६ मा ३२ जना, २०१० मा नौ सय १७ जना, २०१३ मा छ सय ८६ जना, २०१६ मा एक हजार पाँच सय २७ जना, २०१७ मा दुई हजार एक सय ११ जना, २०१८ मा आठ सय ११ जनामा डेङ्गु देखिएको थियो । तर २०१९ मा भने डेङ्गु बढेको पाइन्छ । सन् २०१९ मा १७ हजार नौ सय ९२ जनामा डेङ्गुका बिरामी देखिएका थिए । त्यसपछि कोरोना भाइरसका कारणले नेपालमा डेङ्गुको सङ्क्रमण कम देखिएको छ । सन् २०२० मा पाँच सय ३० जना र सन् २०२१ मा पाँच सय ४० जना डेङ्गुका बिरामी देखिएका थिए ।

प्रकाशित मिति : २ माघ २०७९, सोमबार  २ : २१ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै