नाइजेरियामा सडक दुर्घटना हुँदा १६ जनाको मृत्यु « Khabarhub

नाइजेरियामा सडक दुर्घटना हुँदा १६ जनाको मृत्यु


२ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अफ्रिकी मुलुक नाइजेरियाको ट्राफिक प्रहरीले आइतबार देशको मध्य भागमा रहेको प्लेटू राज्यमा भएको सडक दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १६ पुगेको बताएको छ । ट्रकमा कुल ९९ जना सवार रहेकोमध्ये १६ जनाको दुर्घटनामा मृत्यु भएको पुष्टि भएको हो । दुर्घटनामा अरु ८३ जना घाइते भएका छन् ।

तीव्र गति र क्षमताभन्दा बढी यात्रु सवार हुनेजस्ता कारणले दुर्घटना भएको प्लेटूस्थित संघीय सडक सुरक्षा कोरका प्रवक्ता पिटर लङ्सानले बताएका छन् ।

शनिबार राति मङ्गु क्षेत्रमा अवस्थित ज्वाक गाउँनजिकैको सडकमा नियन्त्रण गुमाउँदा ट्रक पल्टिएको लङसानले राज्यको राजधानी जोसमा पत्रकारहरूलाई बताएका छन् ।

घाइते सबैको नजिकैको अस्पतालमा उपचार भइरहेको लोङसानले बताएका छन् । नाइजेरियामा प्रायः घातक सडक दुर्घटनाहरु हुने गरेको पाइन्छ । क्षमता भन्दा बढी यात्रु सवार, खराब सडक अवस्था, र जथाभावी सवारी दौडाउनेजस्ता कारणले दुर्घटना हुने गरेको बताइन्छ ।

प्रकाशित मिति : २ माघ २०७९, सोमबार  २ : ३३ बजे

रुसले भन्यो- क्युबामाथि अमेरिकाको आर्थिक दबाब स्वीकार्य छैन

काठमाडौं – रुसका विदेशमन्त्री सेर्गेइ लाभरोभले सोमबार रूसको निकट सहयोगी

‘देश विकासको भिजन समेटिएको कांग्रेसको घोषणा पत्र तयार हुँदैछ’

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौँ क्षेत्र नम्बर ५

रुस-युक्रेन र अमेरिकाको वार्ता अबुधाबीमा हुने

मस्को- रुसले युक्रेन र संयुक्त राज्य अमेरिकासँग अबुधाबीमा चार वर्षे

विश्वकप तयारी : आज चेन्नईमा नेपाल र यूएईको ‘वाम अप’ भिडन्त

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिम मुम्बईमा दुई अभ्यास खेल

निपाह भाइरस : कस्तो हुन्छ जोखिम, कसरी बच्ने ?

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नागरिकको स्वास्थ्य सुरक्षाका लागि