गण्डकी प्रदेशसभाको उपसभामुखमा नेकपा एमालेकी बिनाकुमारी थापा निर्वाचित « Khabarhub

गण्डकी प्रदेशसभाको उपसभामुखमा नेकपा एमालेकी बिनाकुमारी थापा निर्वाचित


२ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गण्डकी प्रदेशसभाको उपसभामुखमा नेकपा एमालेकी बिनाकुमारी थापा निर्वाचित भएकी छन् ।

प्रदेशसभाको सोमबार बसेको बैठकमा उपसभामुखका लागि भएको मत विभाजनमा थापाको पक्षमा ३२ मत प्राप्त भएको छ भने विपक्षमा २६ मत आएको छ । थापालाई एमालेका २२, माओवादी केन्द्रका ७, राप्रपाका २ र स्वतन्त्र सांसदले मत दिएका थिए ।

लमजुङबाट कांग्रेस सांसद पार्वती तामाङले पनि उपसभामुखमा उम्मेदवारी दिएकी थिइन् । उनी पराजित भइन् ।

नवनिर्वाचित सभामुख कृष्ण धितालका अनुसार प्रदेशसभाको बैठकमा ५८ सांसद सहभागी थिए ।

प्रकाशित मिति : २ माघ २०७९, सोमबार  ४ : ५२ बजे

भोजपुरमा कमेरोले घर पोत्ने चलन हराउँदै

भोजपुर– गाउँघरमा परम्परागत रूपमा माटो तथा कमेरोले घर पोत्ने चलन

कोरलाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस

मुस्ताङ– यही असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो र

भारतको बिहारस्थित गंगा नदीमा डुंगा दुर्घटना, १३ जनाको मृत्यु, सात जनाको उद्धार

काठमाडौँ– भारतको गंगा नदीमा डुंगा दुर्घटना हुँदा १३ जनाको मृत्यु

याङवरक पोखरी खानेपानी योजना सम्पन्न

पाँचथर– पाँचथरको याङवरक गाउँपालिका–४ थर्पूमा याङवरक पोखरी खानेपानी योजना सम्पन्न

एट्लेटिकोसँग म्यानचेस्टर युनाइटेड स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा एट्लेटिको मड्रिडसँग म्यानचेस्टर युनाइटेड स्तब्ध भएको