हुम्लाका दुर्गम स्वास्थ्य चौकीमा गर्भवती महिलाको स्वास्थ्य जाँच « Khabarhub

हुम्लाका दुर्गम स्वास्थ्य चौकीमा गर्भवती महिलाको स्वास्थ्य जाँच


२ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- हुम्लाको दुर्गम सर्केगाड गाउँपालिकाका तीन स्वास्थ्य चौकीमा एक सय छ गर्भवती महिलाको अल्ट्रासाउन्डसहित स्वास्थ्य जाँच गरिएको छ ।

गाउँघरका गर्भवती महिलाको सामान्य गर्भ जाँच मात्र हुँदै आएकोमा जिल्लाको मध्यभागमा रहेको उक्त गाउँपालिकाको रोडिकोट, सर्केगार्ड र रिप स्वास्थ्य चौकीमा जिल्ला अस्पतालका दक्ष जनशक्तिले अल्ट्रासाउन्डसहित गर्भ जाँच गरेका अस्पतालकी सिनियर अनमी सरिता बोहराले बताइन् ।

तीन दिनसम्म सञ्चालन गरिएको शिविरमा एक सय ६ भन्दा बढी गर्भवतीको जाँच गरिएकामा ११ जनाको पाठेघर खसेको र दुई जनाको गर्भमा रहेको शिशुको टाउको उल्टो रहेको पत्ता लागेको अनमी बोहराको भनाइ थियो ।

रोडिकोट स्वास्थ्यचौकीमा ५०, सर्केगाडमा ३० र रिपको लिप्ने स्वास्थ्यचौकीमा २६ जनाको जाँच गरिएको थियो । पाठेघर खसेका गर्भवतीको स्वास्थ्य चौकीमै उपचार गरिएपनि शिशुको टाउको उल्टो रहेको गर्भवती महिलालाई तत्काल जिल्ला अस्पताल आउन सुझाव दिइएको थियो । आज खार्पुनाथ गाउँपालिकामा गर्भवती महिलाको स्वास्थ्य जाँच गरिने भएको छ ।

प्रकाशित मिति : २ माघ २०७९, सोमबार  ४ : ५६ बजे

म्याक्स टाइगरको ‘दशैँ धमाका’ : ३६ जनाले यामाहा र एक जनाले प्रोटोन कार जित्ने अवसर

ललितपुर-  म्याक्स टाइगर इनर्जी ड्रिंकले दशैँ लक्षित ‘दशैँ धमाका २०२६’

६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

लमजुङ– बाढीपहिरोका कारण ६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा आएको

१६ दिने महालक्ष्मी व्रत समापन गरिँदै

काभ्रे– यही असोज २ गते (भदौ शुक्ल सप्तमी) देखि सुरु

को हुन करोडौँलाई हँसाउने ‘लाफिङ ब्वाई’ ?

सामाजिक सञ्जाल चलाउने क्रममा तपाईंको स्क्रिनमा एउटा यस्तो अनुहार पक्कै

तस्बिरमा हेर्नुहोस् जुम्लाको मार्सी फाँट (तस्बिर)

जुम्ला– मार्सी धान पाक्ने समय नजिकिएसँगै जुम्लाका तिला र हिमा