लुम्बिनी प्रदेश : सभामुख र उपसभामुखका लाग‍ि मनोनयन दर्ता « Khabarhub

लुम्बिनी प्रदेश : सभामुख र उपसभामुखका लाग‍ि मनोनयन दर्ता


२ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- लुम्बिनी प्रदेशको सभामुखमा नेकपा माओवादी केन्द्रका तुलाराम घर्ती र उपसभामुखमा राप्रपाकी मेनुका खाँड केसीको मनोनयन दर्ता भएको छ । प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनको कार्यकक्षमा दुबै जनाले मनोनयन दर्ता गराएका हुन् ।

सभामुखको प्रस्तावकमा एमालेका नेता तथा प्रदेश सभा सदस्य भूमिश्वर ढकाल र समर्थकमा राप्रपा संसदीय दलका नेता आशिषकुमार चौधरी रहेका छन् ।

त्यस्तै, उपसभामुखको प्रस्तावकमा नेकपा माओवादी केन्द्रका नेता तथा प्रदेश सभा सदस्य इन्द्रजित थारु र समर्थकमा जनमत पार्टीका संसदीय दलका नेता चन्द्रकेश गुप्ता रहेका प्रदेश सभा सचिवालयका सचिव पुनले जानकारी दिए ।

नेपाली कांग्रेसले भने दिउसो ३ बजेसम्म दुबै पदमा उम्मेदवारी दिएको छैन । सभामुख र उपसभामुख चयनका लागि माघ ३ गते निर्वाचन गर्ने कार्यतालिका छ ।

प्रकाशित मिति : २ माघ २०७९, सोमबार  ५ : १९ बजे

सल्लाहकारको पछि लाग्दा देउवाको मान-सम्मान गुम्दै : छवि लामा

दोलखा– नेपाली कांग्रेस दोलखाका पार्टी उपसभापति एवं वैतेश्वर गाउँपालिका अध्यक्ष

धवलशम्सेरको पार्टीले राजसंस्था र हिन्दु अधिराज्यका पक्षमा हस्ताक्षर संकलन गर्ने

काठमाडौं– धवलशम्सेर राणा नेतृत्वको प्रस्तावित जय नेपाल पार्टीले संवैधानिक राजसंस्था

दुर्गा प्रसाईंको घरमा प्रहरीको खानतलासी

काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईंको घरमा प्रहरीले खानतलासी गरेको छ

अघिल्लो आर्थिक वर्षमा बैंक र जलविद्युत सकारात्मक, होटेल र बीमा क्षेत्र सुस्त

काठमाडौं– गत आर्थिक वर्षमा अर्थतन्त्रका मुख्य क्षेत्रको वित्तीय अवस्था मिश्रित