युक्रेनको आवासीय भवनमा रुसी आक्रमण : मृतकको सङ्ख्या ३० पुग्यो « Khabarhub

युक्रेनको आवासीय भवनमा रुसी आक्रमण : मृतकको सङ्ख्या ३० पुग्यो


२ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- युक्रेनको दक्षिणपूर्वी सहर ड्निप्रोको आवासीय भवनमा रुसले गरेको क्षेप्यास्त्र आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३० पुगेको छ । क्षेप्यास्त्र प्रहारबाट नौ तले भवन आंशिक रूपमा ध्वस्त भएको छ ।

घटनापछि दुई दर्जन जनाभन्दा धेरै अझै बेपत्ता छन् । अहिलेसम्म ३० जनाको मृत्यु भएको पुष्टि भएको छ ।

क्षेप्यास्त्र आक्रमणबाट भत्केको बहुतले भवनको माथिल्लो भागबाट बचेकाहरूको उद्धार तथा भग्नावशेषमा जीवितहरूको खोजीका निम्ति उद्धारकर्मीहरू कठ्याङ्ग्रिँदो चिसोको परवाह नगरी निरन्तर खटिरहेको जनाइएको छ । शनिबार भएको घातक आक्रमणलाई विफल पार्न युक्रेनले धेरै प्रयास गरेको थियो ।

रुसले प्रहार गरेका ३३ वटा क्रुज क्षेप्यास्त्रमध्ये २१ वटा युक्रेनले खसालेको थियो । दुई साता लामो अघोषित युद्धविराम समाप्त भएसँगै रुसले राजधानी, किभ र खार्किभको उत्तरपूर्वी सहरलाई पनि निशाना बनाएर आक्रमण गरिरहेको छ ।

प्रकाशित मिति : २ माघ २०७९, सोमबार  ५ : २९ बजे

वायु प्रदूषणले नेपालमा बर्सेनि ४२ हजार जनाको मृत्यु

काठमाडौं- वायु प्रदूषणका कारण नेपालमा बर्सेनि करिब ४२ हजार मानिसको

निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकामा सरकारलाई नागरिक अभियानद्वारा धन्यवाद ज्ञापन

काठमाडौं- स्वच्छ निर्वाचनका लागि नागरिक अभियानले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२

पूर्वप्रधानमन्त्री ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेकपा (एमाले) का अध्यक्ष

रवि लामिछानेले ओलीका स्वर्गीय पितालाई दिए श्रद्धाञ्जली

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाल कम्युनिष्ट पार्टी

अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

राँझा– भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले अनधिकृत तरिकाले भूमि