५ वर्षको ठेगान नभएका दलले समृद्धिको नेतृत्व गर्न सक्दैनन् : एमाले महासचिव पोखरेल « Khabarhub

५ वर्षको ठेगान नभएका दलले समृद्धिको नेतृत्व गर्न सक्दैनन् : एमाले महासचिव पोखरेल


२ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले पाँच वर्षपछि के हुने हो भन्ने ठेगान नभएको दलले मुलुकको समृद्धिको नेतृत्व गर्न नसक्ने बताएका छन् ।

पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियुले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पोखरेलले ७४ सालको चुनावमा काठमाडौं उपत्यकामा विवेकशिल साझाका नाममा लहड सुरु भएको र चार वर्ष नपुग्दै चुनाव लड्दा जमानत जफत भएको भन्दै आज पनि नयाँ नयाँ प्रयोग गरिएको र पाँच वर्षपछि के हुने हो भन्ने ठेगान नभएकाले मुलुकको समृद्धिको नेतृत्व गर्न नसक्ने बताएका हुन् ।

पोखरेलले कुनै पनि समाजलाई नेतृत्व दिनका लागि विचारधारमा आधारित राजनीतिक कार्यदिशा स्पष्ट भएको शक्ति आवश्यक रहेको धारणा राखे । त्यस्तै, उनले राष्ट्रिय दलहरु धेरै भए राजनीतिक अस्थीरता, वैदेशिक चलखेल हुने भएकाले मुलुकलाई अघि बढाउन नीतिगत नेतृत्व आवश्यक हुनुपर्ने उल्लेख गरे ।

दुनियाँमा कहीँ पनि राजनीतिक दलहरु मिलेर मुलुक बनेको इतिहास नरहेको भन्दै पोखरेलले देश बनाउन राजनीतिक शक्तिको केन्द्रकिरण अपरिहार्य हुने तर्क गरे । महासचिव पोखरेलले वामपन्थीको सरकारलाई कमजोर पार्न विभिन्न षडयन्त्रहरु हुने गरेको पनि आरोप लगाए । कांग्रेसले संसद विघटन गर्दा अदालत नबोल्ने र वामपन्थीले ताजा जनादेशमा जाने निर्णय गर्दा अदालत प्रयोग हुने गरेको उनको भनाइ छ ।

महासचिव पोखरेलले अहिले पनि राज्य संयन्त्रभित्रको प्रशासनिक ढाँचा पूर्णत लोकतन्त्रिक बन्न नसकेको बताए । कार्यक्रममा उनले आगामी स्ववियु निर्वाचनमा संगठनलाई जिताउनका लागि आवश्यक भूमिका खेल्न निर्देशन समेत दिए ।

प्रकाशित मिति : २ माघ २०७९, सोमबार  ६ : १० बजे

एन्फा राष्ट्रिय लिगमा मच्छिन्द्रको लगातार तेस्रो जीत

काठमाडौं- काठमाडौंमा जारी एन्फा राष्ट्रिय लिगमा मच्छिन्द्र फुटबल क्लबले लगातार

आँट गरेरै सर्लाहीबाट उम्मेदवारी दिएको हुँ : सभापति थापा

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन थापाले यसपटक आँट गरेर सर्लाही–४

विश्व राजनीति : ईयु– अमेरिका सम्बन्धमा नयाँ अध्याय सुरु

एजेन्सी– युरोपेली सङ्घ (ईयु) ले ग्रिनल्याण्ड विवादका कारण बढ्दो तनावको

उम्मेदवारको वैयक्तिक विवरण सार्वजनिक

काठमाडौं– निर्वाचन आयोगले उम्मेदवारको वैयक्तिक विवरण सार्वजनिक गरेको छ ।

सन् २०२७ सम्ममा युरोपेली ऊर्जा बजारमा पूर्ण एकीकरण हुने युक्रेनी लक्ष्य

एजेन्सी– युक्रेनले सन् २०२७ सम्ममा युरोपेली युनियन (ईयू)को ऊर्जा बजारमा