यती एयरलाइन्स दुर्घटना : वायुसेवा निगमको कार्यालयअगाडि दीप प्रज्वलन | Khabarhub Khabarhub

यती एयरलाइन्स दुर्घटना : वायुसेवा निगमको कार्यालयअगाडि दीप प्रज्वलन


२ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- यती एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाएका चालक दलका चार जना सदस्यको आत्माको चीर शान्तिको कामना गर्दै क्यबिन क्रु एशोसियसन अफ नेपाल एयरलाइन्सले दीप प्रज्वलन गरेको छ ।

सोमबार काठमाडौंको न्युरोडस्थित नेपाल वायुसेवा निगमको कार्यालयअगाडि एसोसिएसनले पाइलट, को–पाइलटलगायत चालक दलका सदस्यको निधनप्रति दुःख व्यक्त गर्दै दीप प्रज्वलन गरेको हो ।

दीप प्रज्वलनमा सहभागीहरुले दुर्घटनामा ज्यान गुमाउने सबैको आत्माको चीर शान्तिको कामना गर्दै श्रद्धाञ्जली समेत व्यक्त गरेका छन् ।

आइतबार काठमाडौंबाट पोखरा उडेको विमान अवतरणका क्रममा पोखराको सेती खोँचमा दुर्घटनामा परेको थियो । दुर्घटनामा पाइलट कमल केसी र कोपाइलट अन्जु खतिवडा, एयरहोस्टेजहरु ओसिन आलेमगर र सृजना हुङचुङ मगरले ज्यान गुमाएका थिए ।

प्रकाशित मिति : २ माघ २०७९, सोमबार  ७ : १४ बजे

मुस्ताङका फल्याक र धार्काजुङमा सिँचाइको अभाव

मुस्ताङ– वारागुङ मुक्तिक्षेत्र–५ को फल्याक, धार्काजुङ र पाक्लिङ गाउँलाई कृषिको

हेवा खोलामा बाढी आउँदा मेची राजमार्ग अवरुद्ध

फिदिम – अविरल वर्षाका कारण हेवा खोलामा आएको बाढीले मेची

नीलबाराही मन्दिर संरक्षणमा स्थानीय

भक्तपर– भक्तपुरको मध्यपुरथिमि नगरपालिका–९ स्थित नीलबाराही मन्दिर संरक्षण गर्न पहल

दुई अर्ब ४१ करोड ७९ लाख राजस्व सङ्कलन

कञ्चनपुर– आन्तरिक राजस्व कार्यालय महेन्द्रनगरको राजस्व सङ्कलन वृद्धि भएको छ

पर्वतमा पहिरोले घर पुरिँदा एक दम्पती बेपत्ता

पर्वत – गएरातिदेखिको अविरल वर्षाले पर्वतमा पहिरोले घर पुरिँदा एक