पोखरा विमान दुर्घटना : मृतकको आत्माको चीर शान्तिको कामना गर्दै माइतिघरमा दीप प्रज्वलन « Khabarhub

पोखरा विमान दुर्घटना : मृतकको आत्माको चीर शान्तिको कामना गर्दै माइतिघरमा दीप प्रज्वलन


२ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आइतबार पोखरामा भएको यती एयरलाइन्स विमान दुर्घटनामा ज्यान गुमाउने मृतकको आत्माको चीर शान्तिको कामना गर्दै काठमाडौंको माइतिघरमा दीप प्रज्वलन गरिएको छ ।

एकीकृत सरकारी कर्मचारी संगठन, नेपाल , यस टुगेदर वी क्यानलगायत विभिन्न संघ संस्थाहरुले मृतकको चीर शान्तिको कामना गर्दै दीप प्रज्वलन गरेका हुन् ।

साथै उनीहरुले पुराना हवाईजहाजको उडान बन्द गर, हवाइजहाजसम्बन्धी कानून र नीतिमा सुधार गर, ५५ वर्षको जहाज आकाशमा, दुर्घटनालाई कसले रोक्न सक्ला, विदाई कसलाई ? थोत्रा जहाज की सार्वजनिक सेवा? जस्ता नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

आइतबार पोखरामा यती एयरलाइन्सको जहाज दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा अहिलेसम्म ६९ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ । अज्ञात ३ जना यात्रुको खोजी तथा उद्धार जारी छ ।

प्रकाशित मिति : २ माघ २०७९, सोमबार  ७ : २६ बजे

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु