पाँच अध्यादेश संशोधन गर्न बागमती प्रदेशसभाद्वारा स्वीकृति प्रदान « Khabarhub

पाँच अध्यादेश संशोधन गर्न बागमती प्रदेशसभाद्वारा स्वीकृति प्रदान


२ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बागमती प्रदेशसभाको आज बसेको पहिलो बैठकले तत्कालीन मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको नेतृत्वको मन्त्रिपरिषद्ले जारी गरेको पाँच अध्यादेश संशोधन गर्न स्वीकृति प्रदान गरेको छ ।

अध्यादेशलाई स्वीकृति प्रदान गर्न प्रदेशसभाको आज अपराह्न बसेको बैठकमा प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले प्रस्ताव टेबुल गरेका थिए ।

मुख्यमन्त्री जमकट्टेलले प्रदेश निजामती सेवा गठन, सञ्चालन र सेवाका सर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७९, स्थानीय तहका सेवा गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७९ लाई स्वीकृति प्रदान गर्न प्रस्ताव टेबुल गरेका थिए ।

यस्तै, उनले प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ लाई संशोधन गर्न बनेको अध्यादेश २०७९, प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७९ र प्रदेश हस्तकला ग्राम स्थापना तथा सञ्चालनसम्बन्धी अध्यादेश २०७९ लाई स्वीकृति प्रदान गर्ने प्रस्ताव पनि टेबुल गरेका थिए ।

आजै बसेको दोस्रो बैठकले पोखरामा माघ १ गते आइतबार बिहान चालक दलका चारजना सदस्यसहित ७२ जना सवार यति एयरलाइन्सको विमान दुर्घटनामा परी मृत्यु भएका सबै यात्रुप्रति शोक प्रस्ताव पारित गरेको थियो । बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले अर्को बैठक माघ ३ गते अपराह्न साढे १२ बजे बस्नेगरी स्थगित गरेका थिए ।

प्रकाशित मिति : २ माघ २०७९, सोमबार  ७ : ५३ बजे

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले नुवाकोटको विदुरमा रहेको केन्द्रीय कारागारको

कीर्तिमानी डा. उपाध्यायलाई नवौं मानार्थ विद्यावारिधी

काठमाडौं – विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई

विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ : नेता सिंह

काठमाडौं – नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री प्रकाशमान सिंहले १५औँ

प्रिमियर लिग : चेल्सी र न्यूक्यासलको रोमाञ्चक बराबरी

काठमाडौं – इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति सम्पन्न खेलमा