प्रधानमन्त्री कप महिला क्रिकेट : प्रदेश १ र सुदूरपश्चिम विजयी « Khabarhub

प्रधानमन्त्री कप महिला क्रिकेट : प्रदेश १ र सुदूरपश्चिम विजयी


२ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

विराटनगर – इटहरीमा जारी प्रधानमन्त्री कप महिला टी–२० क्रिकेटमा प्रदेश १ र सुदूरपश्चिम प्रदेशले दोस्रो जित निकालेका छन् । पहिलो खेलमा मधेस प्रदेशलाई पराजित गरेको प्रदेश एकले आज दोस्रो जित निकालेको हो । प्रदेश १ ले लुम्बिनी प्रदेशमाथि ९ रनको सङ्घर्षपूर्ण जित हात पारेको हो ।

आज भएको खेल बाक्लो हुस्सुका कारण ९ ओभरका झारिएको थियो । टस जितेर पहिला ब्याटिङ गरेको प्रदेश एकले ९ ओभरमा ४ विकेट गुमाउँदै ५९ रन बनाएको थियो । प्रदेश १ का लागि ओपनर द्वय काजल श्रेष्ठ र कप्तान रुबिना क्षेत्रीले पहिलो विकेटका लागि ३८ रनको साझेदारी गरेका थिए ।

पाचौ ओभरको पाँचौ बलमा पहिलो विकेटका रूपमा कप्तान रुबिना क्षेत्री १३ बलमा ४ चौका प्रहार गर्दै १७ रन बनाउँदै आउट भइन् । छैटौँ ओभरको अन्तिम बल काजल २१ रन बनाउँदै आउट भइन् । तेस्रो विकेटका रूपमा लकिता राजवंशीलाई सातौँ ओभरको अन्तिम बलमा दुई रन बनाएर आउट भइन् ।

चौथो विकेटको रूपमा अप्सरी बेगम १२ रन बनाउँदै आउट हुँदा सबनम राई १ रनमा र स्मिृती कटुवाल ४ रनमा अविजित रहे । लुम्बिनीका लागि कृतिका मरासिनी, सरस्वती पुन र विभाषा बिसीले एक एक विकेट लिए । ६० रनको लक्ष्य पछ्याएको लुम्बिनीले ९ ओभरमा ७ विकेट गुमाउँदै ५० रन मात्र बनाउन सफल रह्यो । लक्ष्मी चौधरीले ३१ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेनन् ।

आजै सम्पन्न दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशले पनि लगातार दोस्रो जित निकालेको छ । इटहरीको जनता क्रिकेट पार्कमा सम्पन्न दोस्रो खेलमा गण्डकी प्रदेशलाई नौ विकेटले पराजित गरेको हो ।

गण्डकीले प्रस्तुत गरेको ६१ रनको लक्ष्य सुदूरपश्चिमले ११ ओभरमा एक विकेट गुमाउँदै भेट्टायो । सुदूरपश्चिमका लागि कप्तान विन्दु रावलले ४३ बलमा आठ चौका मद्दतमा अविजित ४६ रन बनाइन् । यसै गरी शोभा रोकाय आठ रनका अविजित खेलिन । गण्डकीका लागि एक मात्र विकेट निरुता जिटीले लिइन् ।

यसअघि टस जितेर ब्याटिङ रोजेको गण्डकीले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै ६० रनको योगफल तयार पारेको थियो । गण्डकीका लागि सिमान केसीले १३ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

प्रतियोगिता अन्तर्गत मङ्गलवार पहिलो खेलमा कर्णाली र प्रदेश एक बिच प्रतिस्पर्धा हुँदा दोस्रो खेलमा सुदूरपश्चिम र नेपाल एपीएफबिच खेल हुनेछ ।

प्रकाशित मिति : २ माघ २०७९, सोमबार  ८ : ४१ बजे

युद्धविरामसँगै घर फर्किन थाले हजारौँ लेबनानी (तस्बिरहरू)

बेरूत- लेबनानमा युद्धविराम लागू भएसँगै हजारौँ विस्थापित नागरिकहरू आफ्ना घरतर्फ

हिमाली क्षेत्रका पदमार्गमा बिरामी परेका यात्रुको उद्धार

रसुवा– लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रको उच्च भागमा बिरामी परेका यात्रुहरूको

विभिन्न कार्यक्रम गरी वन्यजन्तु सप्ताह मनाइँदै

चितवन– ३१औँ राष्ट्रिय वन्यजन्तु सप्ताह विभिन्न कार्यक्रमसहित मनाइँदैछ । यही

सुधारका लागि निरन्तर खबरदारी गर्न शिक्षामन्त्री पोखरेलको आग्रह

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका विषयमा

कञ्चनपुरमा लागूऔषध मुद्दाका ३३४ जना पक्राउ

महेन्द्रनगर- गत वर्ष कञ्चनपुर प्रहरीले लागूऔषध मुद्दामा महिला तथा पुरुष