जुम्ला जिप दुर्घटना एकको मृत्यु १५ जना घाइते « Khabarhub

जुम्ला जिप दुर्घटना एकको मृत्यु १५ जना घाइते


२ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

जुम्ला – जुम्लाको पातारासी गाउँपालिका–६ मा जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मुत्यु भएको छ । सदरमुकाम खलङ्गा बजारबाट पातारासीका लागि जाँदै गरेको ग१ज ४०३५ नंको जीप आज अपराह्ने दुर्घटना हुँदा सो गाउँपालिका–१ का ४२ वर्षीया छोदेन लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक यामबहादुर बुढामगरले जानकारी दिए ।

घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनासहित स्थानीयवासीले घाइतेको उद्धार गरेका हुन् । घाइते १५ जनाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइरहेको प्रतिष्ठानका निर्देशक राजीव शाहले जानकारी दिए । सडकबाट ५० मिटर तल तिला नदीमा जिप खसेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । जिपमा सवार चालकसहित १७ जना रहेको र जिप चालक फरार रहेको प्रहरीले जनाएको छ ।

घाइते हुनेहरु १३ वर्षीय उर्जेन लामा, ७४ वर्षीया छिरिङ साङ्मु लामा, २४ वर्षीया छिरिङ पुटिङ लामा, ४२ वर्षीय जिग्मे लामा, १२ वर्षीय उर्जेन हिक्सिन, १७ वर्षीय पेमा लामा, २३ वर्षीया निग्मा साङ्मु, १७ वर्षीय तुल्सान तामाङ, ४० वर्षीय कार्मा लामा, २४ वर्षीय छिरिङ पाल्जो, २७ वर्षीय एसएसआई तामाङ, १४ वर्षीय सोनम तामाङ र ८ वर्षीया पेमा डोल्मा तामाङ रहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये ६२ वर्षीया मिम्जाम लामा र ६७ वर्षीय कार्मा लामाको स्वास्थ्य अवस्था गम्भीर रहेको प्रतिष्ठानले जनाएको छ ।

प्रकाशित मिति : २ माघ २०७९, सोमबार  ९ : ०९ बजे

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै