अफगानिस्तानमा अत्यधिक चिसोका कारण २० जनाको मृत्यु « Khabarhub

अफगानिस्तानमा अत्यधिक चिसोका कारण २० जनाको मृत्यु


२ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – तापमानमा भएको अचानक गिरावटले यहाँको दैनिकी नराम्ररी प्रभावित भएको छ । यसै त गरिबी, खाद्यान्न र इन्धन अभावले समस्याग्रस्त देशमा झन् कठाङ्ग्रिदो चिसो बढ्न थालेपछि यहाँको जनवीवन थप कष्टकर बनेको छ ।

चिसाका कारण कम्तीमा २० जनाको ज्यान गएको छ । साथै बद्घिस र अन्य प्रान्तमा पनि चिसोले कम्तीमा ४ हजार गाईवस्तु मरेका छन् ।हेरातका स्थानीय हुसेनले अवैध बसाइँसराइमा जाँदै गर्दा अत्यधिक चिसोले आफू अस्पताल भर्ना भएको बताएका छन् ।

उनले भनेका छन् ‘हिउँका कारण हामी बाटोमा चार घन्टा रोकियौँ, यात्रा पनि कष्टकर छ । हेरात क्षेत्रीय अस्पतालको तथ्याङ्क अनुसार यहाँ कम्तिमा ७० जना हाइपोथर्मियाका कारण अस्पताल भर्ना भएका छन् । यसैगरी चारजना लागुऔषध दुर्व्यसनीको मृत्यु भएको छ ।’ स्थानीय अधिकारीहरूका अनुसार हाइपोथर्मियाका कारण बद्घिसमा कम्तीमा पाँच जनाको मृत्यु भएको थियो ती सबै गोठाला रहेको बुझिएको छ ।

स्थानीय अधिकारीका अनुसार चिसोले खोस्त प्रान्तमा पाँच, फर्याबमा दुई र जज्जानमा दुई जनाको ज्यान गएको छ । यसेगरी सार-ए-पुलमा एक व्यक्तिको मृत्यु भएको थियो भने बाघलान प्रान्तमा पाँच लागूऔषध दुर्व्यसनीहरू मारिएको पनि टोलो न्युजले रिपोर्ट गरेको छ।

तालिबानले गत वर्ष काबुलमा सत्ता कब्जा गरेपछि ४ करोड अमेरिकी डलरका १८ प्याकेज र ३२ मिलियन अमेरिकी डलरका ३० भन्दा बढी प्याकेजहरू घोषणा गरेको थियो । सहयोगका बाबजुद अफगानिस्तानको गरिबी, कुपोषण र बेरोजगारी दर अझ खस्कदो छ । यसका साथै प्राकृतिक प्रकोपहरूले अफगानहरूका लागि अवस्था अझ खराब बनाएको छ । देशले हाल इतिहासमा सबैभन्दा ठूलो मानवीय सङ्कटको सामना गरिरहेको छ ।

प्रकाशित मिति : २ माघ २०७९, सोमबार  १० : १३ बजे

तनहुँ जलविद्युत आयोजनाको काम तीव्र गतिमा (तस्बिरहरू)

तनहुँ– नेपाल विद्युत प्राधिकरणको पूर्ण स्वामित्वमा रहेको तनहुँ हाइड्रोपावर लिमिटेड

फिफा विश्वकप : अन्तिम १६ को समीकरण पूरा

काठमाडौँ- फिफा विश्वकप फुटबल २०२६ को नकआउट चरणका खेलहरु सकिएसँगै

वन उद्यममा जोडिँदै नवलपुरका महिला

नवलपरासी– वनमा खेर जाने वन पैदावारको सदुपयोग गर्दै नवलपुरका महिलाले

ट्राफिक कारबाहीमा एकै दिन २० लाख बढी राजस्व सङ्कलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकै दिन दुई हजार सवारी चालकलाई सवारी

सरकारका १०० दिन : सुदृढ सुरक्षा सङ्गठन र मजबुत आन्तरिक सुरक्षा प्राथमिकतामा

काठमाडौँ– सरकारले सुरक्षा सङ्गठनको सुदृढीकरण गर्दै आन्तरिक सुरक्षालाई मबजुत बनाउने