आज २०७९ साल फागुन ४ गते बिहीबारको राशिफल « Khabarhub

आज २०७९ साल फागुन ४ गते बिहीबारको राशिफल


४ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०७९ साल फागुन ४ गते बिहीबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेश:

मेष : प्रेममा सफलता मिल्नेछ। नयाँ कामको थालनी नगरेको राम्रो। व्यापार व्यवसायमा भने राम्रो आम्दानी बढ्नेछ। प्रतिस्पर्धी निस्तेज हुनेछन्।

वृष : मानसम्मान प्राप्त हुनेछ। सामाजिक, धार्मिक, वैदेशिक र व्यापारिक क्षेत्र यथास्थितिमा रहे पनि प्रेममा भने धोका पाइनेछ।

मिथुन : अग्रजबाट सल्लाह लिएर मात्र नयाँ कामको थालनी गर्नुहोला। वैदेशिक क्षेत्रमा गरेको श्रम लगानीबाट फाइदा मिल्नेछ। पारिवारिक क्षेत्रमा मेलमिलापको योग रहेको छ।

कर्कट : दिन निकै राम्रो छ। दैनिकी सबल छ। दीर्घकालीन काममा हात हाल्दा सफलता मिल्नेछ। धार्मिक क्षेत्रमा मन जानेछ।

सिंह : शत्रु नाश हुनेछ। दैनिकीमा प्रगति हुनेछ। राजनीतिमा आफ्नो संगठन बलियो हुनेछ। वैदेशिक क्षेत्रमा भन्दा देशमा गरिएको कामबाट नाम, दाम, सम्मान मिल्नेछ।

कन्या : भविष्यबारे गरिने निर्णयले सुख दिनेछ। सामाजिक, राजनीति क्षेत्र यथास्थितिमा रहेपनि शिक्षाको क्षेत्रमा गरेको श्रम लगानीबाट राम्रो नतिजा मिल्नेछ। रोगबाट मुक्ति मिल्नेछ। प्रेममा सफलता प्राप्त हुने योग रहेको छ।

तुला : दिन त्यत्ति राम्रो छैन। आज सबै क्षेत्र सामान्य छ। वैदेशिक क्षेत्रमा भने साथीभाइको सहयोग मिल्नेछ।

वृश्चिक : बोलीका कारण साथीभाइ घट्ने भएकाले बोल्दा विचार पुर्याउनुहोला। शत्रु बढ्नेछन्। पारिवारिक तनाव बढ्नेछ।

धनु : दिन सामान्य राम्रो छ। प्रतिस्पर्धी निस्तेज हुनेछन्। आयआर्जन बढ्नेछ। प्रेममा धोका पाइनेछ।

मकर : प्रतिस्पर्धी निस्तेज हुनेछन्। शिक्षामा गरेको लगानीबाट फाइदा मिल्नेछ। स्वदेशमै दु:ख गर्दा लाभ प्राप्त हुने योग रहेको छ।

कुम्भ : आज नयाँ कामको थालनी नगरेको राम्रो। खर्च बढ्नेछ। वैदेशिक क्षेत्रमा भने नाम, दाम, सम्मान पाइने छ।

मिन : आजको लगानीबाट उल्लेखनीय नतिजा मिल्नेछ। व्यापार व्यवसायमा उन्नती हुनेछ। आफन्तसँग बोल्दा सचेत हुनुपर्नेछ।

प्रकाशित मिति : ४ फाल्गुन २०७९, बिहीबार  ५ : ०१ बजे

नेपालका परम्परागत खेलको संरक्षण र संवर्द्धन गर्नुपर्छ : मन्त्री नेपाल

काठमाडौं– बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री उर्मिला नेपालले नेपालका परम्परागत खेलहरू

विद्या भण्डारीबारे ओलीले भने- उहाँलाई माया गरेकै हो, सदस्यता लिन पार्टीमा निवेदन दिनुपर्यो

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ उपाध्यक्ष ईश्वर

सर्वसम्मतिको कार्ड फ्याँक्दै ओलीले भने, ‘डोकोमा हालेर फ्याँक्छौँ भनेर त कहाँ हुन्छ र ? 

काठमाडौं– नेकपा एमालेको भृकुटीमण्डपमा जारी बन्द सत्रलाई सम्बोधन गर्दै अध्यक्ष

नेपाल इन्भेष्टमेन्ट मेगाको रिटर्न अर्निङ ऋणात्मक

काठमाडौं– नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको मिश्रित वित्तीय अवस्था देखाएको

‘नेपालमा चलचित्र पर्यटनको प्रशस्त सम्भावना छ’

काठमाडौं– नेपाली चलचित्र क्षेत्रमा ठूल्दाइका उपनामले परिचित अभिनेता शिव श्रेष्ठले