सन् २०१८ मा थाई गुफाबाट उद्धार गरिएका एकको बेलायतमा मृत्यु « Khabarhub

सन् २०१८ मा थाई गुफाबाट उद्धार गरिएका एकको बेलायतमा मृत्यु


४ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

लन्डन – सन् २०१८ मा विश्वव्यापी ध्यानाकर्षण भएको एक साता लामो अपरेसनपछि बाढीले भरिएको थाई गुफाबाट उद्धार गरिएका १२ बालकमध्ये एक डुआङ्फेट फ्रोमथेपको बेलायतमा मृत्यु भएको छ।

सिएनएनका अनुसार इङ्गल्याण्डको लिसेस्टरशायरमा रहेको फुटबल एकेडेमीमा भर्ना भएका फ्रोमथेपको अस्पताल लगिएपछि मृत्यु भएको बेलायती प्रहरीले जानकारी दिएको हो ।

थाई सरकारको जनसम्पर्क शाखाको उत्तरी क्षेत्रीय शाखाले १७ वर्षीय फ्रोमथेपको दुर्घटनाका कारण मृत्यु भएको जनाएको छ । थप विवरण भने उसले दिएको छैन । चियाङ राई प्रान्तमा उनको घरको वातावरण शोकले भरिएको थियो ।

जिको फाउन्डेसनले फ्रोमथेपलाई युकेमा फुटबल छात्रवृत्ति मार्फत अध्ययन गर्न मद्दत गरेको थियो, बुधवार सो फाउन्डेसनले फेसबुकमा लेखेको छ, ‘जिको फाउन्डेसनको छात्रवृत्ति विद्यार्थी डोम डुआंगपेट फ्रोमथेपको निधनको हामी दुःख व्यक्त गर्न चाहन्छौ ।’

फ्रोमथे द ब्रुक हाउस कलेज फुटबल एकेडेमीमा फुटबल छात्रवृत्तिमा भर्ना भएका थिए।

प्रकाशित मिति : ४ फाल्गुन २०७९, बिहीबार  ७ : ५५ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना