सुर्मा गाउँपालिकाबाट ३५ लाखको आलु निर्यात « Khabarhub

सुर्मा गाउँपालिकाबाट ३५ लाखको आलु निर्यात


४ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


369
Shares
  • change font
  • change font
  • change font

बझाङ– सुर्मा गाउँपालिकाबाट बर्खा याममा मात्र ३५ लाख बराबरको आलु निर्यात भएको छ । जिल्लाका पाँच वटै वडामा उत्पादन भएको आलु कैलाली, कञ्चनपुर हुँदै बाँकेको नेपालगञ्जसम्म निर्यात गरिएको हो । उक्त गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत तथा कृषि शाखा प्रमुख चक्रप्रसाद जोशीका अनुसार सुर्माका हरेक वडामा उत्पादन भएको बर्खे आलु ३५ रूपैयाँ प्रतिकेजीको दरमा बिक्री गर्दासमेत ३५ लाख बराबर किसानले आम्दानी गरेका छन् ।

‘हामीले सुर्माबाट एक हजार क्विन्टल आलु निर्यात गरेका हौँ । त्यसैमध्ये ८८ क्विन्टल आलु बीउका लागि डडेल्धुराको कोल्डस्टोरमा राखिएको छ । बाँकी सबै बिक्री भइसक्यो’, उनले भने, ‘सुर्मामा पछिल्लो तीन वर्षयता तरकारीमा स्थानीयवासी आत्मनिर्भर हुँदै आएका छन् । यसवर्ष आलु मात्रै नभइ बन्दा, गोलभेडा, काउली र मुलासमेत सुर्मावासीले बजार पुर्‍याएका छन् ।’ सुर्माबाट  बन्दा र काउली पनि ४० क्विन्टल र गोलभेडा १५ क्विन्टल निर्यात भएको थियो । 

यहाँका किसानले  काउली र गोलभेडामै जनही तीन लाखभन्दा बढी आम्दानी गरेको कृषि विकास शाखाको तथ्यांकमा उल्लेख छ । उक्त गाउँपालिकाको  सबैभन्दा बढी तरकारी उत्पादन वडा नं २ घोगाडा, वडा नं ३ विछडा र वडा नं ४ सुर्मामा बढी उत्पादन हुने गरेको छ । गाउँपालिकाका अध्यक्ष खड्कबहादुर बोहराले पनि सुर्मा तरकारीमा आत्मनिर्भर हुँदै गएको र अहिले यहाँका बासिन्दाले  तरकारी किनेर खानुपर्ने अवस्था नरहेको जानकारी दिए। 

 सुर्माले मात्रै मौसमअनुसार जिल्लालाई आधाआधी  पुग्ने  गरी  तरकारी उत्पादन गरिरहेको छ । उनका अनुसार पालिकाले व्यावसायिक कृषि गर्न चाहने किसानका लागि अनुदानमा बीउ, टनेल, ढुवानी खर्चसमेत दिने गरेको छ । 

अध्यक्ष बोहराले भने, ‘यो दुई-तीन वर्षको अवधिमा गाउँपालिकामा ८० भन्दा बढी टनेल वितरण गरिएको र  सोहीअनुसार आवश्यक बीउ र कृषि प्राविधिक पनि उपलब्ध गराइएकाले  अब थप उत्पादन वृद्धि हुने विश्वास लिएका छौँ ।’

प्रकाशित मिति : ४ फाल्गुन २०७९, बिहीबार  १२ : ४० बजे

रसुवाबाट सुत्केरी महिला र नवजात शिशुको हवाई उद्धार

काठमाडौं– रसुवाको आमाछोदिङमो गाउँपालिका–३, गत्लाङकी २९ वर्षीया फुर्पु यामो तामाङ

गगनसँग भेटेर शेखरले भने : देश र लोकतन्त्र अप्ठ्यारोमा छ, कांग्रेस मिल्नुको विकल्प छैन

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र पार्टी सभापति

हिमपहिरो खसेर बनेको तालको पानी रित्तियो, अर्को विपद्को जोखिम टर्‍यो (तस्बिरहरू)

केरूङ (चीन)- नेपालको उत्तरी सीमा क्षेत्रनजिकै दक्षिणपश्चिम चीनको सिचाङ (तिब्बत)

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन– पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण लैजान

अनाक क्राकाताउ ज्वालामुखी विस्फोटपछि जकार्ताका २०९ उडान प्रभावित

जकार्ता– इन्डोनेसियाको अनाक क्राकाताउ ज्वालामुखी आइतबार बिहान विस्फोट भएपछि निस्किएको