निजगढ नगरपालिकाद्वारा नदीजन्य पदार्थको बोलपत्र आह्वान « Khabarhub

निजगढ नगरपालिकाद्वारा नदीजन्य पदार्थको बोलपत्र आह्वान


४ फाल्गुन २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

बारा– चालू आर्थिक वर्षको लागि आह्वान गरेको नदीजन्य पदार्थ उत्खनन, संकलन र बिक्रीको ठेक्का लाग्न नसकेपछि  निजगढ नगरपालिकाले दोस्रो पटकको लागि फेरि बोलपत्र आह्वान गरेको छ । यसअघि पुष २४ गते ३० दिनको समयसीमा राखेर इ-बिडिङ्गमार्फत आह्वान भएको ठेक्काको निर्धारित मितिभित्र कसैले पनि बोलकबोल नगरेपछि नगरपालिकाले आजको मितिबाट लागू हुने गरी दोस्रो पटकको लागि १५ दिने सार्वजनिक सूचना निकालेको हो । 

आर्थिक वर्ष ०७९-०८० को लागि नगरपालिकाले बकैया, धन्सार, शक्ति र लाल खोलाबाट १ करोड ५६ लाख १४ हजार घनफिट गिटी, बालुवा र ढुङ्ग उत्खनन, संकलन तथा बिक्री गर्नको लागि न्यूनतम १२ करोड ४९ लाखमा ठेक्का आह्वान गरेको थियो । 

दोस्रो पटकको लागि पनि सोही परिमाणको लागि सोही दररेटमा ठेक्का सकार गर्न बोलपत्र आह्वान गरिएको कार्यालयका सूचना अधिकारी रविन घिमिरेले जानकारी दिए  । उनले आजबाट लागू हुने गरी दोस्रो पटक बोलपत्र आह्वान गरिएको र यसमा पनि ठेक्का नलागे ७ दिनको म्याद राखेर फेरि तेस्रो पटक अर्को बोलपत्र आह्वान गरिने जानकारी दिए । 

नदीजन्य पदार्थ उत्खनन विरुद्ध उच्च अदालत वीरगन्जले जारी गरेको निषेधाज्ञाका कारण यो वर्ष समयमै ठेक्का लगाउन नसकेको निजगढ नगरपालिकाले अदालतले रिट निवेदन खारेज गरेपछि टेण्डर आह्वान गरेको थियो । 

तर गृहमन्त्रालयमार्फत नदीजन्य पदार्थ उत्खनन र क्रसर उद्योग सञ्चालनमा गत महिना केही समय रोक लगाइएको र देशमा देखिएको आर्थिक मन्दीका कारण निजगढ नगरपालिकाको नदीजन्य पदार्थ उत्खननको ठेक्का प्रभावित बनेको हो । 

प्रकाशित मिति : ४ फाल्गुन २०७९, बिहिबार  २ : ०५ बजे

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया

म्याग्दीको बेनी–दरबाङ सडक बन्द

म्याग्दी – म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला