भारत-जापान संयुक्त सैन्य प्रशिक्षण शुरु हुँदै « Khabarhub

भारत-जापान संयुक्त सैन्य प्रशिक्षण शुरु हुँदै


४ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारत-जापान संयुक्त प्रशिक्षण अभ्यास ‘धर्म अभिभावक’ जापानको शिगा प्रान्तको क्याम्प इमाजुमा फेब्रुअरी १७ देखि मार्च २ सम्म सञ्चालन हुँदैछ । रक्षा मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्ति अनुसार ‘धर्म संरक्षक’ अभ्यासले भारतीय सेना र जापानी भू-आत्मरक्षा बलह बीचको रक्षा सहयोगको स्तरलाई अझ बृद्धि गर्नेछ। उक्त संयुक्त अभ्यासका क्रममा दुई राष्ट्रका सेनाहरूले योजना निर्माण गर्ने र कार्यान्वयनमा अन्तर सञ्चालनशीलतालाई बलियो बनाउन विभिन्न किसिमका अनुभवहरू आदानप्रदान गर्नेछन्।

भारतले विभिन्न देशहरूसँग गरेको सैन्य प्रशिक्षण अभ्यासहरूको श्रृङ्खलामा यो जापानसँग हुने एक वार्षिक प्रशिक्षण कार्यक्रम हो । यस कार्यक्रममा वर्तमान विश्वव्यापी परिस्थितिको विकसित पृष्ठभूमिमा दुबै राष्ट्रहरूले सामना गर्ने सुरक्षा चुनौती लगायातका महत्त्वपूर्ण सुरक्षाका आयामहरू समेटिने छन् ।

संयुक्त सैन्य अभ्यासले दुई देशबीचको अन्तरसञ्चालन क्षमता, सौहार्दता र मित्रताको विकास गर्नुका साथै संयुक्त राष्ट्रसंघको जनादेश अन्तर्गत रणनीतिक कार्य सञ्चालन गर्नका लागि रणनीति, प्रविधि र प्रक्रियामा उत्कृष्ट अभ्यासहरू आदानप्रदान गर्दै देशका सेनालाई सक्षम बनाउँनेछ ।

यसैगरी प्रशिक्षण मुख्यतया उच्च स्तरको शारीरिक तन्दुरुस्ती र रणनीतिक स्तरमा अभ्यास साझेदारीमा केन्द्रित हुने पनि आयोजक पक्षले बताएको छ । अभ्यासका क्रममा सहभागीहरूले संयुक्त योजना, संयुक्त रणनीतिक अभ्यास र एकीकृत स्थापनाको आधारभूत विषयहरूमा संलग्न हुनेछन् ।

संयुक्त अभ्यासले दुवै सेनाहरूलाई एकअर्कालाई अझ राम्रोसँग चिन्न र उनीहरूको पैशागत अनुभवहरू साट्न सहयोग पुर्याउँनेछ। भारतीय सेनाको टुकडी यस अभ्यासमा भाग लिन फेब्रुअरी १२ मा जापान आइपुगेको थियो ।

प्रकाशित मिति : ४ फाल्गुन २०७९, बिहीबार  ८ : १७ बजे

पार्टीभित्र कुनै मत–मतान्तर छैन : शंकर पोखरेल

 काठमाडौं– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीभित्र अहिले कुनै

पाकिस्तानमा प्रहरीको गोली लागेर अस्ट्रेलियाली बालिकाको मृत्यु

एजेन्सी– पूर्वी पाकिस्तानमा प्रहरीले गल्तीवश चलाएको गोली लागेर एक अस्ट्रेलियाली

इरान-अमेरिका समझदारी : दुवै पक्षद्वारा जितेको दाबी, इजरायलले नमान्ने, लेबनानमा अन्यौल

काठमाडौं- इरान र अमेरिका विगत साढे तीन महिनादेखि जारी द्वन्द्व

दयाहाङ–सौगातभन्दा मुकुन अगाडि, स्वस्तिमाले देखाइन् स्टारडम

काठमाडौं – दुई डिमान्डेड नायकहरू दयाहाङ राई र सौगात मल्ललाई

मगर समुदायले काठमाडौंमा मनाए भूमे पर्व (तस्बिरहरू)

काठमाडौं– मगर समुदायले भूमे अर्थात् प्रकृतिको पूजाआजा गर्दै मनाउने पर्व