नुवाकोट बस दुर्घटना : मृत्यु हुनेको सख्या तीन पुग्यो, २५ घाइते (अपडेट) « Khabarhub

नुवाकोट बस दुर्घटना : मृत्यु हुनेको सख्या तीन पुग्यो, २५ घाइते (अपडेट)


४ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बिहीबार दिउँसो नुवाकोटको चैनपुरमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या तीन पुगेको छ । दुर्घटनामा परी दुईजनाको घटनास्थलमै मृत्यु भएको र एकजनाको उपचारको लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको हो। दुर्घटनामा परी २५ जना घाइते भएका छन्।

बट्टारबाट तारकेश्वर गाउँपालिका–१, दाङसिङ जाँदै गरेको बा २ ख ८४५ नंको बस बिहीबार अपराह्न विदुर नपा–१२ चैनपुरमा दुर्घटना भएको थियो ।

मृत्यु हुनेमा तारकेश्वर–६ का ७८ वर्षीय रामप्रसाद अर्याल र अर्यालकै श्रीमती ७२ वर्षीया सीतादेवी र विदुर नपा–३ का ७३ वर्षीय बाबुराम दर्जी नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये ४ जनाको अवस्था अत्यान्त गम्भीर रहेकोले काठमाडौं पठाइएको भने बाँकीको त्रिशूली अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७९, बिहीबार  ९ : २५ बजे

टिपरको ठक्करबाट एक जनाको मृत्यु

पर्सा– टिपरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

परराष्ट्रमन्त्रीसँग दक्षिण कोरियाका विदेशमन्त्रीको भेट, भोटेकोशी बाढीबारे छलफल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युनबीच

काठमाडौंमा आयो ८७ हजार ग्यास सिलिन्डर, सार्वजनिक बिदामा ‘रिफिलिङ’ र ढुवानी नियमित गरिने

काठमाडौं– पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि पछिल्ला तीन दिनमा

सरकारको देखाउन गृहमन्त्रीले पनि लिए एआई फोटोको सहारा

काठमाडौं- सरकारको कामको प्रचार गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका नेता-कार्यकर्ता सामाजिक

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं– भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका बाबजुद सम्पूर्ण