डीडीसीले बढायो दूधको मूल्य : लिटरको १३० सम्म पुग्यो « Khabarhub

डीडीसीले बढायो दूधको मूल्य : लिटरको १३० सम्म पुग्यो


२ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले आज देखि लागू हुनेगरी दूधको मूल्य बढाएको छ।

संस्थानले बिहीबारदेखि लागु हुने गरी उपभोक्ताका लागि सबै चार प्रकारको दूधको मूल्यमा ११ देखी १६ रुपैयाँसम्म बढाएको हो। निजी डेरी संगठनले यसअघि नै दूधको मुल्य बढाई सकेका छन्।

‘मन्त्रिपरिषदले निर्णय अनुसार बृद्धी भएको मुल्यमा संस्थानले किसानवाट दूध खरिद गरिसकेको छ भने बिहिवार (आज)बाट उपभोक्ताले नयाँ मुल्य अनुसारको दुध पाउनेछन,’ डीडीसीका महाप्रवन्धक सन्जिव झाले भने।

उनका अनुसार अब स्टान्डर्ड दूध (निलो प्याकेटको) मूल्य प्रतिलिटर ११ रुपैयाँ बढेर ९७ रुपैयाँ पुगेको छ। यसअघि सो दुधको मूल्य प्रतिलिटर ८६ रुपैयाँ थियो।

त्यस्तै, गाईको दूधको मूल्य प्रतिलिटर १४ रुपैयाँ बढाएर उपभोक्तालाई प्रतिलिटर ११६ रुपैयाँमा बिक्री गर्नेछ भने चिया दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढेर ९० रुपैयाँमा अब उपभोक्ताले खरिद गर्नुपर्नेछ।

क्रिमयुक्त दूध (हरियो प्याकेट) को मूल्य प्रतिलिटर १६ रुपैयाँ बढाइएको छ। जसअनुसार अब देखी हरियो प्याकेटको दूधको मूल्य उपभोक्तालाई प्रतिलिटर १३० रुपैयाँ पर्न जानेछ।

सरकारले यसअघि किसानले पाउने दूधको न्यूनतम मूल्य १० रुपैया बढाएको थियो, जसअनुसार किसानले प्रतिलिटर ५६ रुपैयाँ ४० पैसाबाट बढेर ६५ रुपैयाँ ५० पैसा पाउन थालेका थिए।

 

प्रकाशित मिति : २ चैत्र २०७९, बिहीबार  ७ : ०३ बजे

दसैँ–तिहारमा हवाई भाडा बढाएको भन्दै रास्वपा सांसदको आपत्ति

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रमेश प्रसाईँले दसैँ–तिहारको समयमा

प्रतिनिधिसभामा सांसदले उठाए यी विषय

काठमाडौं- प्रतिनिधिसभाको आजको आकस्मिक समयमा सांसदहरूले बाढीपहिरोबाट भएको क्षति, बेपत्ता

छोराको न्याय माग्दै सिंहदरबार पुगिन् अर्जुनकी आमा, भन्छिन्- घटना घटाउन बाध्य पर्नेलाई कारबाही गरियोस्

काठमाडौं– त्रिपुरेश्वरमा भएको सवारी आगजनीको घटनामा मृत्यु भएका बस चालक

बाढीले बगाएर ल्याएको बालुवा र काठ व्यवस्थापन गर्न मनीष झाको आग्रह

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनीष झाले बाढीपहिरोका क्रममा

पाँचथरबाट आङ्देम्बेसहित १० जना कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचित

पाँचथर – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे पाँचथरबाट पार्टीको