बढेको ब्याजविरुद्धको आन्दोलन व्यवसायीले नरोक्ने « Khabarhub

बढेको ब्याजविरुद्धको आन्दोलन व्यवसायीले नरोक्ने


२ चैत्र २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आश्वासनलाई अस्वीकार गर्दै बैंक तथा वित्तीय संस्थाविरुद्धको आन्दोलनलाई नरोक्ने नेपाल राष्ट्रिय व्यवसायी महासंघसहित ४१ वटा संगठनले निश्कर्ष निकालेका छन् ।

गत मंगलबार प्रधानमन्त्री प्रचण्डलाई भेटेपछि उद्योग वाणिज्य महासंघले बैंक तथा वित्तीय संस्थाको ब्याजदरविरुद्धको आन्दोलन फिर्ता लिएको जनाएको थियो तर महासंघले फिर्ता लिएको जनाए पनि ४१ वटा व्यापार संगठन आबद्ध बैंकको ब्याजदरविरुद्ध मूल संघर्ष समितिले भने ब्याजदर विरुद्धको आन्दोलन जारी रहने जनाएका हुन् ।

बैक तथा वित्तीय क्षेत्रले केही महिना अघि ७-८ प्रतिशतसम्म रहेको कर्जा ब्याजदर १७-१८ प्रतिशतसम्म बनाउँदा विकराल अवस्था बनेको’ उल्लेख गर्दै उनीहरुले आन्दोलनलाई निरन्तरता दिने बताएका हुन् । संघर्ष समितिले उद्योगी व्यापारीहरूको छाता संगठन उद्योग वाणिज्य महासंघको निर्णय प्रति पनि आपत्ति जनाएका छन् ।

‘केही दिन अघि हाम्रो महासंघ र संघहरुको आन्दोलनसँग सरोकार नरहने समूहले सम्पूर्ण उद्योग ब्यवसायीहरुले गर्दै आइरहेको संघर्षको कार्यक्रम फिर्ता लिएको भन्ने समाचार प्रति ध्यानाकर्षण भएको छ,’ संघर्ष समितिले भनेको छ, ‘उक्त समाचार प्रति यस संघर्ष समितिको कुनै पनि संलग्नता नरहेको कुरा प्रस्ट पार्न चाहन्छौं, संघर्ष समितिको शान्तिपूर्ण विरोधको कार्यक्रम जारी रहेको जानकारी गराउँदछौं ।’ सरकारले व्यवसायीका माग सम्बोधन नगरेकाले आन्दोलन जारी राख्नु परेको संयुक्त संघर्ष भनाइ छ ।

प्रकाशित मिति : २ चैत्र २०७९, बिहिबार  ७ : २९ बजे

अमेजनले सन् २०२७ मा जर्मनीमा १६ अर्ब युरोभन्दा बढी लगानी गर्ने

बर्लिन- अमेरिकी प्रविधि कम्पनी अमेजनले सन् २०२७ मा जर्मनीमा १६

‘मिस वेलनेस वर्ल्ड २०२६’ का विजेता सन्वीलाई गृहनगरमा स्वागत

जनकपुरधाम- अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा ‘मिस वेलनेस वर्ल्ड २०२६’ की विजेता

विजयादशमीको दौडदेखि गोरखा राज्यसम्म द्रव्य शाहको यात्रा

लमजुङ- नेपाली समाजमा धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व बोकेको विजयादशमी

चाडपर्वमा खानपानजन्य समस्याबाट बच्न चिकित्सकको सुझाव

चितवन- दसैँको बिदामा पनि विशेषज्ञ सेवा दिँदै आएको चितवन मेडिकल

दक्षिणी सीमामा हतियार थप्ने किम जोङ उनकी बहिनीको चेतावनी

सोल- उत्तर कोरियाले दक्षिण कोरियासँगको सीमामा थप हतियार तैनाथ गर्ने