युएईलाई हराए नेपाल विश्वकप छनोटमा « Khabarhub

युएईलाई हराए नेपाल विश्वकप छनोटमा


२ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) सिरिज अन्तर्गत अन्तिम खेलमा आज नेपाल र युएई खेल्नेछन्।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज बिहान साढे बजे सुरू हुने खेल नेपालका लागि फाइनल सरह हो। युएई विरूद्धको खेल जितेमा नेपाल विश्वकप लिग–२ को तेस्रो स्थानमा उक्लँदै तीन महिनापछि ९ जुनमा जुलाई जिम्बाब्वेमा हुने विश्वकपको ग्लोबल क्वालिफायरमा सोझै छनोट हुनेछ।

पाँच वर्ष अगाडि एकदिवसीय मान्यता पाएयता नेपालका लागि यो सबैभन्दा ठूलो सफलतासमेत हुनेछ। एक महिना अगाडिसम्म एकदिवसीय अन्तर्राष्ट्रिय राष्ट्रको मान्यता जोगाउनसमेत मुस्किल रहेको नेपाल शीर्ष तीनमा रहेर टेष्ट राष्ट्र सम्मिलित विश्वकप क्वालिफायरमा छनोट हुन एक कदम पछि छ।

कुल ७ टिम सम्मिलित प्रतियोगितामा नेपाल चौथो स्थानमा छ। ३५ खेल खेलेको नेपालले १८ मा जित र १५ मा हारसहित ३८ अंक जोडेको छ। नामिबिया ३६ खेलमा १९ मा जित र १६ मा हारसहित ३९ अंकका साथ तेस्रो स्थानमा छ। यदि नेपाल विजयी भएमा ४० अंक हुनेछ। तर कुनै कारण खेल नतिजाविहीन हुँदै अंक बाँड्नुपर्ने अवस्था आए नेपाल र नामिबिया दुवैको ३९–३९ हुनेछ। नामिबिया सर्वाधिक जित प्रतिशतको कारण सोझै विश्वकप छनोटमा पुग्नेछ।

वर्षा वा कुनै कारण खेलको नतिजा नआए पनि नेपालले सोझै विश्वकप छनोट खेल्ने अवसर गुमाउनेछ। नेपालले गुमाउँदा नामिबिया सोझै विश्वकप छनोटमा पुग्नेछ। त्यसैले नामिबियालाई उछिनेर तेस्रो स्थानमा उक्लँदै ग्लोबल छनोटमा प्रवेश पाउन नेपाललाई युएईविरूद्ध निश्चित जित आवश्यक पर्नेछ। यदि युएईसँग पराजित भएमा भने नेपालले यसै महिनाको अन्तिममा नामिबियामा हुने एसोसियट राष्ट्रहरू सम्मिलित ‘क्वालिफायर प्लेअफ’ खेल्नुपर्ने हुन्छ। यता युएईलाई भने अब विश्वकप छनोट खेल्न प्लेअफ क्वालिफायरमा शीर्ष दुईमा पर्नुपर्ने हुन्छ। ओडिआई मान्यता जोगाउन क्यानडा र जर्सीलाई पछि पार्नुपर्ने हुन्छ।

नेपाल र युएईबीच हेड टु हेड
हालसम्म नेपाल र युएईबीच १२ वटा ओडिआई खेल भएका छन्। जसमा समान ६ खेलमा जित र हार छ। नेपालले पछिल्ला दुवै खेलमा युएईलाई हराएको छ। पहिलो खेलमा युएईलाई नेपालले ७१ रनमा अल आउट गरेको थियो। जितको लागि २ सय ४९ रनको विजयी लक्ष्य पछ्याएको युएई २२.५ ओभरमा ७१ रनमा समेटिएको थियो। पछिल्लो समय उच्च फर्ममा रहेको नेपालले खेलेका ११ मध्ये १० खेलमा जित हात पारेको छ। जसमध्ये युएईसँग खेलेका लिग २ का ५ खेलमध्ये २ वटामा मात्र जित हात पारेको छ।

नेपालको टोली
रोहित पौडेल (कप्तान) दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, आसिफ शेख, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, ललितनारायण राजवंशी, भीम सार्की, कुशल मल्ल, सन्दीप लामिछाने, गुलशन झा, आरिफ शेख र प्रतिश जिसी

के हो क्वालिफायर?
आगामी वर्ष भारतमा हुने एक दिवसीय विश्वकप (ओडिआई) खेल्ने १० मध्ये अन्तिम २ टोली छानिने छनोट प्रतियोगिता हो– ग्लोबल क्वालिफायर।

क्वालिफायरमा १० राष्ट्रबीच प्रतिस्पर्धा हुनेछ र त्यसबाट शीर्ष २ टोलीले  विश्वकप खेल्ने अवसर पाउनेछन्।

सहभागी टोलीहरू विभिन्न तीन माध्यमबाट छनोट हुनेछन्। सुपर लीगको पुछारका पाँच राष्ट्र, विश्वकप लीग–२ को शीर्ष तीन राष्ट्र र प्ले अफका शीर्ष दुई राष्ट्रले यो छनोट खेल खेल्नुपर्नेछ।

आइसीसीका पूर्ण सदस्य १२ टेस्ट खेल्ने राष्ट्र र विश्व क्रिकेट लिग च्याम्पियन नेदरल्यान्ड्स सम्मिलित प्रतियोगिता हो–सुपर लिग। नेदरल्यान्ड्सले आइसीसी क्रिकेट विश्वकप लिग च्याम्पियनसिप जितेको आधारमा सुपर लिग खेल्ने अवसर पाएको हो।

यी १३ मध्ये घरेलु टोलीसहित शीर्ष आठ राष्ट्र सोझै विश्वकपमा छनोट हुनेछन् भने पुछारमा रहेको पाँच टोली क्वालिफायरमा झर्नेछन्।

आयोजक राष्ट्रको नाताले भारत स्वतः विश्वकपमा छानिएको छ भने अफगानिस्तान, अस्ट्रेलिया, बंगलादेश, इङल्याण्ड, न्युजिल्यान्ड र पाकिस्तानसहित ७ राष्ट्र विश्वकपमा पुगिसकेका छन्।

यो लिगबाट अब श्रीलङ्का, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र आयरल्यान्डमध्ये एक टोलीले विश्वकपमा सोझै स्थान बनाउनेछ। बाँकी तीन टोलीसहित आयोजक जिम्बाब्वे र नेदरल्यान्ड्सले क्वालिफायर खेल्नुपर्नेछ।

यसमा लिग २ का शीर्ष तीन टोली स्टकल्याण्ड, ओमान र नेपाल तथा नामिबियामध्ये एक टोलीले प्रतिस्पर्धा गर्न पाउँछन्।  बाँकी २ टोली प्लेअफ क्वालिफायरबाट आउनेछन्।

छनोटमा कुल १० टोलीलाई दुई समूहमा विभाजन गरिनेछ। जसबाट हरेक समूहबाट शीर्ष तीन तीन टोली सुपर सिक्समा स्थान बनाउँछन्। सुपर सिक्समा एक अर्कासँग खेलेपछि शीर्ष दुईमा रहने टोली विश्वकपमा पुग्नेछन्। शीर्ष दुई टोलीले आगामी अक्टोबर नोभेम्बरमा भारतमा हुने एकदिवसीय विश्वकप खेल्न पाउनेछन्।

क्वालिफायर खेल्ने देशहरू
–श्रीलङ्का, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र आयरल्यान्डमध्ये ३ राष्ट्र
–जिम्बाब्वे
–नेदरल्यान्ड्स
–स्टकल्याण्ड
–ओमान
–नेपाल र नामिबियामध्ये एक
–प्लेअफ क्वालिफायरबाट २ राष्ट्र

प्ले अफ क्वालिफायर
क्वालिफायर खेल्न पाउने अन्तिम मौका भनेको प्लेअफ क्वालिफायर हो। यसमा ६ राष्ट्रबीच प्रतिस्पर्धा हुन्छ।

विश्वकप लीग– २ को सात मध्ये तालिकाको पुछारमा रहेका चार टोली र एसोसियट राष्ट्रहरूबीच खेलिएको च्यालेञ्ज लिगका शीर्ष दुई टोली यसमा सहभागी हुनेछन्।

लीग–२ बाट अमेरिका, यूएई र पपुवा न्यूगिनीको स्थान पक्का भइसकेको छ। अब नेपाल र नामिबियामध्ये एकको प्लेअफ खेल्न पाउनेछन्। युएईसँग पराजित भएमा नेपालले यो प्ले अफ खेल्नुपर्नेछ। र जितेमा नामिबियाले खेल्नुपर्नेछ। यसमा च्यालेञ्ज लिगबाट आएका न्यु जर्सी र क्यानडा हुनेछन्। प्ले अफको शीर्ष–२ मा पर्ने राष्ट्रले क्वालिफायर खेल्ने अर्को मौका पाउनेछन्। साथै, यी शीर्ष २ राष्ट्रले आगामी चार वर्षका लागि एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट राष्ट्रको मान्यता पनि पाउनेछन्। पहिले नै ओडिआई मान्यता पाएको देशले शीर्ष दुई स्थान हात पारेमा यसभन्दा तलका दुई टोलीले ओडिआई मान्यता पाउनेछन्। प्ले अफ क्वालिफायर खेल्ने अमेरिका र नेपाल या नामिबिया मध्ये एक टोलीले लिग २ बाटै ओडिआई मान्यता सुरक्षित गरिसकेका छन्। यी राष्ट्रहरू शीर्ष २ मा परे भने यसपछिका अन्य दुई राष्ट्रले ओडिआई पाउँछन्।

प्लेअफ क्वालिफायर खेल्ने देशहरू
–अमेरिका
–यूएई
–पपुवा न्यूगिनी
–नेपाल र नामिबिया मध्ये एक
–न्यु जर्सी
–क्यानडा

प्रकाशित मिति : २ चैत्र २०७९, बिहीबार  ८ : ४४ बजे

एकै फिल्मबाट धेरैलाई डेब्यू गराउँदै रघुनाथ

काठमाडौं – पत्रकारिता पृष्ठभूमिका रघुनाथ सापकोटा फिल्म निर्माणमा होमिएका छन्

मनसुनजन्य विपद् न्यूनीकरणमा समन्वय तीव्र : प्राधिकरण

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनजन्य विपद्को

मधेश प्रदेशसभा : बजेटलगायतका समस्या समाधान गर्न कार्यदल गठन

जनकपुरधाम– मधेश प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलगायतका विषयमा

नगर प्रहरी नदेखिएपछि न्युरोडको फुटपाथ फेरि अस्तव्यस्त (तस्बिरहरू)

काठमाडौं– केही दिनअघिसम्म काठमाडौं महानगरपालिकाका नगर प्रहरी नियमित रूपमा सडकमा

इरान–अमेरिका तनावबीच ओमान नजिक जहाजमा आक्रमण, १० भारतीयको उद्धार

मस्कट- इरान–अमेरिका तनावकाबीच ओमान नजिक व्यावसायिक जहाजमाथि भएको आक्रमणमा परेका