इलाममा कोरोनाविरुद्धको बुस्टर डोज भोलिदेखि « Khabarhub

इलाममा कोरोनाविरुद्धको बुस्टर डोज भोलिदेखि


२ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

मङ्गलबारे – सरकारको नियमित कार्यक्रमअन्तर्गत देशैभर कोरोनाविरुद्धको बुस्टर डोज दिइँदै छ । कोरोना भाइरस कोभिड–१९ विरुद्धको दोस्रो बुस्टर डोज खोप इलाममा भोलिदेखि दिइने भएको हो ।

चैत ३ गतेदेखि चैत ७ गतेसम्म जिल्लाका सबै पालिकाका स्वास्थ्य संस्था र नियमति खोप केन्द्रमार्फत यो खोप दिइने भएको हो । स्वास्थ्य कार्यालय इलामका प्रमुख आदित्य शाक्यका अनुसार यो खोप सबैले लगाउन मिल्नेछ । उनले १२ वर्षमाथिमा सबैलाई खोप दिइने बताए । गर्भवती महिला, दीर्घ रोगीलगायतले समेत यो खोप लगाउन मिल्छ ।

पहिलो र दोस्रो खोपको मात्रा लगाएकालाई मात्र बुस्टर डोजका रुपमा यो खोप लगाइन्छ । नियमित खोप लगाएकाका लागि यो चौथो डोज हो । पहिलो बुस्टर मात्रा खोप लगाएको छ महिना पूरा भएकालाई दोस्रो बुस्टर खोप दिइने उनको भनाइ छ । पहिलो बुस्टर डोज लगाएको छ महिना पूरा भएका ५५ वर्षमाथिका फ्रन्टलाइनमा खटिने सबै नागरिकलाई यो खोप दिइने छ । रोग प्रतिरोधात्मक क्षमता कम भएका वा त्यस्ता औषधि प्रयोग गरिरहेका ११ हजार चार सय ९२ जना नागरिकलाई खोप लगाउने लक्ष्य लिएको स्वास्थ्य कार्यालय इलामका खोप अधिकृत गङ्गाधर पण्डितले जानकारी दिए ।

जिल्लामा १२ वर्षमाथिका ६३ हजार चार सय ९३ जना नागरिकलाई पहिलो बुस्टर डोज लगाइने लक्ष्य लिएको छ । कोरोना भाइरसको सङ्क्रमण घट्दै गएपछि खोप लगाउनसमेत नागरिले वास्ता नगरेको पाइएको छ । दोस्रो खोप लगाएको तीन महिना पुगेकालाई पहिलो बुस्टर र पहिलो लगाएको छ महिना पुगेकालाई दोस्रो बुस्टरको फाइजर बायोएनटेक खोप दिइने भएको छ । इलामका सबै स्थानीय तहका स्वास्थ्य संस्था र नियमित खोप केन्द्र गरी दुई सय २५ स्थानबाट यो खोप दिइने व्यवस्था मिलाइएको छ ।

विश्व स्वास्थ्य सङ्गठनबाट मान्यता प्राप्त भएको यस खोपले कुनै असर नगर्ने भएकाले यस खोप लगाउन सकैलाई आह्वान गरिएको छ । इलाममा दुई लाख १७ हजार चार सय ७३ रहेकोमा पहिलो मात्राको खोप लगाउने सङ्ख्या एक लाख ९९ हजार तीन सय ८८ लाई लगाइएको छ ।

दोस्रो मात्राको खोप लगाउनेको सङ्ख्या एक लाख ८४ हजार आठ सय १४ रहेको छ । पहिलो बुस्टर डोज लगाउने सङ्ख्या एक लाख २१ हजार तीन सय २१ रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २ चैत्र २०७९, बिहीबार  ९ : २९ बजे

११ महिनामा सरकारको झण्डै ११ खर्ब राजस्व उठायो

काठमाडौँ : सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ

बडीकेदारका तत्कालीन अध्यक्ष, उपाध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बडीकेदार गाउँपालिका डोटीका तत्कालीन अध्यक्ष

संघसंगठनका कार्यालयहरू सरकारी भवनबाट हटाउन जिल्ला प्रशासन काठमाडौँको निर्देशन

काठमाडौँ : जिल्ला प्रशासन कार्यालय काठमाडौँले जिल्लाका सरकारी निकायमा कार्यरत

ओटीटी प्लेटफर्म अब कानुनी दायरामा, सञ्चालनका लागि अनुमति अनिवार्य

काठमाडौं । सरकारले डिजिटल प्रसारण क्षेत्रमा पहिलोपटक स्पष्ट कानुनी व्यवस्था

परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा लगानी गरी