गीतकार रोहितको ‘तिम्रो अंगालोमा’ मा अस्मिता र रविको आवाज « Khabarhub

गीतकार रोहितको ‘तिम्रो अंगालोमा’ मा अस्मिता र रविको आवाज


२ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गीतकार रोहित घिमिरेको शब्दमा तयार पारिएको ‘तिम्रो अंगालोमा’ बोलको गीती भिडिओ सार्वजनिक गरिएको छ ।

रोजगारीको सिलसिलामा हाल फ्रान्समा रहेका घिमिरे लामो समयदेखि गीत लेखनमा सक्रिय छन् । सार्वजनिक गीत तथा भीडिओमा एक युगल जोडीको प्रेम र विरहको भावनालाई शब्दमा बुनिएको छ ।

यसअघि ‘सान्बाबु’, ‘सँगै जिउने मर्ने कसम’, ‘तिमी पनि’, ‘मेरो फोटो’ लगायतका ३ दर्जनभन्दा बढी गीत बजारमा ल्याइसकेका घिमिरेले पछिल्लो समय सो गीत सार्वजनिक गरेका हुन् ।

उक्त गीतमा रवि शर्मा र अस्मिता अधिकारीको आवाज रहेको छ भने सी एल शर्माले संगीत भरेका छन् । यस्तै गीतमा पुष्कर खत्रीको एरेन्ज रहेको छ भने बुढा थापाले भिडियो छायाङ्कन गरेका छन् ।

उक्त गीतको भिडियोलाई केशबराज भट्टको निर्देशन देख्न सकिन्छ । गीतमा दिपा शाही र निकेश फग्मी मगरको अभिनय रहेको छ । गीतमा माया प्रेमका कुरालाई शसक्त रुपमा प्रस्तुत गरिएको छ ।

हेर्नुस् भिडिओ

 

प्रकाशित मिति : २ चैत्र २०७९, बिहीबार  १० : १३ बजे

सुनसरी-४ का सांसद दीपक साहलाई उद्योगमन्त्रीमा पठाउने तयारी

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरी ४ बाट निर्वाचित सांसद दिपक

कारागारका कैदीबन्दीद्वारा रसुवा बाढीपीडितलाई राहत

काठमाडौं– काठमाडौको सुन्धारास्थीत केन्द्रीय कारागारमा रहेका कैदीबन्दीहरुले रसुवा बाढी पीडितका

बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

काठमाडौं– रसुवामा बाढीबाट क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण तथा दीर्घकालीन एकीकृत विकासका

गाजामा इजरायली आक्रमण, एकै परिवारका चार जनाको मृत्यु 

एजेन्सी– गाजामा विहीबार भएको इजरायली आक्रमणमा दुई बच्चासहित एउटै परिवारका

राष्ट्रपति कार्यालयका प्रवक्ता भन्छन् : कोही पनि मन्त्री बन्नेबारे हामीलाई पत्र आएको छैन

काठमाडौं- राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले कोही पनि मन्त्री बन्ने