स्वार्थ समूहले नेतालाई कठपुतली बनाए « Khabarhub

स्वार्थ समूहले नेतालाई कठपुतली बनाए

‘देश ओरालो लागेको मृग जस्तो भयो’


२ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

पदका निमित्त यतिखेर राष्ट्रिय राजनीतिमा दलीय समीकरण फेरबदल भइरहेका छन्। राष्ट्र र जनताको समस्या सम्बोधन गर्नका निमित्त काम गर्नुपर्ने राजनीतिक दल सम्पूर्ण आफ्ना क्षमता ऊर्जा मात्र आफ्नो पदको निमित्त खर्च गरिरहेका छन्। पछिल्लो १६ वर्ष देखिको संक्रमणकालीन न्यायका निमित्त रहेका मुद्दा पनि बहसमा आइरहेका छन्। द्वन्द्व कालीन अवस्थाका मुद्दा नियमित फौजदारी न्याय प्रणालीमा प्रवेश गर्ने सर्वोच्च अदालतको पछिल्लो आदेशपछि यसले एक खालको तरंग सिर्जना गरेको छ। आखिर न्यायको पर्खाइमा रहेका र द्वन्द्वपीडितले न्याय कहिले पाउँछन् ? समग्र राष्ट्रिय राजनीति राष्ट्र र जनता केन्द्रित कहिले हुनसक्छ ? यस विषयमा आधारित रहेर नेपाल कम्युनिस्ट पार्टीका सचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सँग सुशील पाण्डेले गरेको कुराकानी सम्पादित अंश :

देशको राजनीति जनतालाई रुचि नलाग्ने भएको छ किन ?
हामी वास्तवमा नेतृत्वबिहीन र विकास बिहीन अवस्थामा छौं। जनता त्यसबाट छटपटाइ रहेका छन्। राज्य जनताप्रति कुनै प्रकारको कार्यमा प्रेरित देखिँदैन। नेताले बोलेका कुरा र आफ्ना एजेन्डाको पालना गर्न सकेनन्। त्यस कारण पनि जनताको इच्छा रुची नै मरेको जस्तो छ।

यो संसदीय व्यवस्था कसरी भइरहेको छ ?
सामन्तवादी राजनीतिक सम्बन्ध त हामीले तोडेको नै हो। नेपाल सिङ्गो अर्थतन्त्रको चपेटामा परेको थियो। राजनीति पनि उनीहरूको हाली मुहालीमा चल्ने थियो। त्यो जनयुद्धले तोडेको हो। जुन रूपमा जनताले देशको भविष्य चाहेका थिए। त्यो भने नपाएको अवस्था छ। स्वार्थ समूहले हाम्रा नेतालाई कठपुतलीको रूपमा नचाएको अवस्था छ।

तपाईंहरूले अवसर पाउँदा जनताको निमित्त के गर्नुभयो ?
नेतृत्व तहमा भएका कमी कमजोरीमा हाम्रो सहमति भएन। विमति र संघर्ष भएको कारण हामी निस्केका हौं। अहिलेको प्रणालीको लागि प्रचण्ड र बाबुराम जति जिम्मेवार अरू कोही छैन भन्ने मलाई लाग्छ। तर हामी जनताप्रति इमानदार नै रहेका छौं।

नियमित फौजदारीको न्याय प्रणालीलाई निषेध गर्न मिल्दैन। अहिले माओवादीहरु आत्तिनुको कारण के हो ?
किन नआत्तिने ? किन तरङ्गित नहुने ? क्रान्तिलाई अपराधमा बदलेर मुद्दा लगाउन पाइन्छ ? यो त हुनै सक्दैन। गणतन्त्रमा मजाले खाएर मस्ती गर्ने, देशमा चकचकी गर्ने अनि गणतन्त्रका लागि भएको जनयुद्धको योगदानलाई बिर्सने काम कसैले गर्नु हुँदैन। त्यो गणतन्त्र आएको मुख्य योगदान गर्ने कारण जनयुद्ध हो। त्यसलाई अपराधी जस्तो बनाएर कारवाई गर्छु भन्ने त कुनै कारण नै छैन।

संक्रमणकालीन न्यायको अब त्यसै अन्त्य भएको हो ?
मान्छे मान्छेको खेदो खन्ने हो भने देश त छुट्ने भयो। भोलि आउने नयाँ पुस्ताले त अन्यायविरुद्ध लड्न नै डराउने भयो। अन्यायको विरुद्ध बोल्न पनि डर नै डरको वातावरण सिर्जना भयो। यो खेल ठिक छैन। यहाँ अपराधी चिन्न सक्ने अवस्था नै छैन। यहाँ कतिको हत्या, बलात्कार भएको छ त्यस्तो अन्य घटनाको अन्य भएको छैन। तर फेरि मुद्दा चाहिँ माओवादीलाई लगाउने रे ! यो भन्दा अन्याय के हुन्छ ?

यति खेर हाम्रो देश कुन दिशातर्फ गइरहेको छ ?
जनताले सत्ता भएको अनुभूति गर्न पाएका छैनन्। यो मुठीभर दुई चार सयले कब्जा गरेको अर्थतन्त्रमाथि केही व्यक्तिले सत्ता चलाएका छन्। यो गलत छ। जस्तै बैंकबाट जनताले आफ्नो जीवन बनाउनको लागि ऋण लिन्छ। ६ प्रतिशत ब्याजमा लिएको लोन अहिले बढेर १८ प्रतिशत पुगेको छ। मान्छेलाई मनपरी लुटेर सडकमापुर्याएर केही मान्छेले मोजमस्ती गर्नु हुँदैन। यो शैलीले हाम्रो देश ओरालो लागेको मृग जस्तै भएको छ।

राष्ट्र र जनताको निमित्त तपाईंहरू एक ठाउँमा बस्ने परिस्थिति कहिले आउँछ ?
अहिले जनताको निम्ति लडेर जेल खाने हाम्रो पार्टी मात्र हो। जनताको आवाजलाई बुलन्द गर्ने माध्यम चाहिन्छ। हामीले जनतालाई नजिकबाट हेरेका छौं। एउटा समय आउँछ। त्यो समयमा सबै एकै स्थानमा आएर कार्य गर्र्छौ। हरेक मान्छेको म भन्ने भावना हट्नुपर्छ। देशको लागि भन्ने सोच विकास भए मात्र एक हुन सकिन्छ। अहिलेको अवस्थामा जनताको पक्षमा लड्ने र दमन गर्ने को हो भन्ने नै थाहा छैन।

तपाईंहरू लडेर मात्र समस्याको समाधान कसरी हुन्छ ?
अन्याय भएको ठाउँमा लड्नु पर्छ। जनता बिचल्ली भएको ठाउँमा प्रोत्साहन दिन जे जस्ता कार्यमा पनि आधारित रहेर अगाडि बढ्नुपर्छ। राजनीति एकातिर जनताका दुःख अर्कातिर रहेका छन्। हाम्रो देश नै कता बेचिने त होइन ? भन्ने गम्भीर चिन्ता जनतामा छ।

अहिले किन जनताको पक्षमा काम हुन सकेको छैन ?
आजको उपलब्धिलाई रक्षा गर्नुपर्छ। अहिले भएका परिवर्तन जे छन् त्यसमा अझ सुधार तथा प्रेरणादायी बनाउन सक्नुपर्छ। त्यसपछि मात्र जनता र समाजको विकास हुन्छ। नागरिकहरूको उत्थानका लागि हामी जहिले पनि अगाडि बढ्छौं ।

नाम परिवर्तन गर्नु भएछ। लास्टमा विप्लव सी भनेर किन लेख्नु हुन्छ ?
यो पनि एउटा सानो क्रान्ति नै हो। (एभिन्युजसँगको सहकार्यमा तयार अन्तवार्ता)
प्रस्तुति : कुसुम गौतम

प्रकाशित मिति : २ चैत्र २०७९, बिहीबार  १ : ०० बजे

सुनसरीको तनाव सिरहामा सर्‍यो, ठाउँ ठाउँमा प्रदर्शन

काठमाडौं– सुनसरीमा दुई समुदायबीच सुरु भएर अन्य जिल्लामा फैलिएको प्रदर्शन सिरहामा

देश जल्न थाल्यो, पूर्वराजा र राष्ट्रपति बोल्दा पनि तोडिएन प्रधानमन्त्रीको मौनता

काठमाडौं- पाँच दिनदेखि देशका विभिन्न क्षेत्रमा प्रहरी र प्रदर्शनकारीबीच झडप

संयमता अपनाउन र सामाजिक सद्भाव कायम राख्न ओलीको अपिल

कठमाडौं- नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

सिरहामा भदौ २४ कै दृश्य : प्रदर्शनकारीले लगाइदिए एबी मलमा आगो

काठमाडौं- सिरहाको गोलबजारमा प्रहरीको गोलीबाट एकजना युवकको मृत्यु भएपछि तनाव

सभापति लामिछानेले थाले कोशी र मधेसका सांसदसँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशको पछिल्लो समसामयिक