चितवन राष्ट्रिय निकुञ्जमा घाँसेमैदान निर्माण « Khabarhub

चितवन राष्ट्रिय निकुञ्जमा घाँसेमैदान निर्माण


२ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

चितवन – चितवन राष्ट्रिय निकुञ्जभित्र जङ्गली जनावरका लागि घाँसे मैदान निर्माण र व्यवस्थापनको काम तीव्ररुपमा भइरहेको छ । चालु आर्थिक वर्ष २०७९-८० मा ५० हेक्टर क्षेत्रफलमा नयाँ घासेमैदान निर्माण गरिएको छ भने एक सय २५ हेक्टर क्षेत्रफलमा व्यवस्थापनको काम सम्पन्न भएको छ ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार अझै एक सय हेक्टर क्षेत्रफलमा घाँसेमैदान व्यवस्थापनको काम भइरहेको छ । नयाँ निर्माणका लागि रु २५ लाख खर्च भएको उनले बताए । घाँसेमैदान व्यवस्थापनका लागि रु ३३ लाख ७५ हजार बजेटमा काम भइरहेको छ । यस्तै निकुञ्जले यस वर्ष रु पाँच लाखको लागतमा पाँच वटा पोखरीसमेत मर्मत गरिएको उनले जानकारी दिए ।

वन्यजन्तुको वासस्थान व्यवस्थापनका लागि घाँसेमैदान व्यवस्थापनको काम गरिएको तिवारीले सुनाए। उनले भने, “घाँसे मैदान व्यवस्थापनले वन्यजन्तुको वासस्थान व्यवस्थापनमा सहज हुने भएकाले हरेक वर्ष घासेमैदान र सिमसार क्षेत्र व्यवस्थापनको काम गर्दै आएका छौँ”, घाँसे मैदान व्यवस्थापनले आहारा प्रजातिका जनावरको सङ्ख्यामा वृद्धि गर्न सहयोग पुग्ने उनले बताए । निकुञ्जभित्र घाँसेमैदान व्यस्थापनले वन्यजन्तु आहारको खोजीमा बस्ती पस्न रोकिने भएकाले मानव र वन्यजन्तुबीचको द्वन्द्वसमेत कम हुँदै जाने छ । घाँसेमैदान व्यवस्थापन नगर्दा मिचाहा प्रजातिका झार र हड्डीका कारण वन्यजन्तुको आहारा कम हुने गरेको उनले जनाए।

प्रकाशित मिति : २ चैत्र २०७९, बिहीबार  १० : ५५ बजे

तिब्बतमा ५.३ रेक्टरको भूकम्प, नेपालको धौलागिरी रेञ्जमा ठूलो धक्का महसुस

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा बुधबार ५.३ म्याग्निच्युडको भूकम्प गएको

‘बालोन डी ओर’का दाबेदार सार्वजनिक, मेस्सीदेखि यामालसम्म प्रतिस्पर्धामा

काठमाडौं । विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी ओर

‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’

यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको

जेन-जी स्मृति सभा : विवादित धर्म गुरुको उपस्थितिको विषयमा सरकारमाथि अमरेशको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले