प्रधानमन्त्री त्रिवि क्रिकेट मैदानमा (फोटो फिचर) « Khabarhub

प्रधानमन्त्री त्रिवि क्रिकेट मैदानमा (फोटो फिचर)


२ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत अहिले नेपाल र यूएईबीचको खेल भइरहेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा घरेलु टोली नेपाल र पाहुना टोली यूएईबीच भइरहेको हो ।

लिगको अन्तिम खेल भएकाले खेलाडीलाई हौसला दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड क्रिकेट मैदानमा पुगेका छन् । उनीसँगै राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहितका विशिष्ट व्यक्ति पनि खेल हेर्न क्रिकेट मैदानमा पुगेका हुन् ।

टस जितेर ब्याटिङ गरेको यूएईले २६.३ ओभरको समाप्तिमा ४ विकेट गुमाएर १२८ रन जोडेको छ । उक्त खेल हेर्न दर्शक भरिभराउ छन् । लिग–२ को अन्तिम श्रृंखलाको यो खेल नेपालका लागि निर्णायक मानिएको छ। आजको खेलमा यूएईलाई हराउन सकेमा नेपाल सोझै जिम्बावेमा हुने एक दिवसीय विश्वकप ग्लोबल छनोटमा पुग्नेछ।

यूएईसँग हारेमा नेपालले यसै महिनाको अन्तिममा नामिबियामा हुने क्वालिफायर प्लेअफ खेल्नुपर्ने हुन्छ। नेपाल पराजित भएमा नामिबिया सोझै विश्व कप छनोटमा पुग्नेछ।

नेपाल र यूएईबीच अहिलेसम्म १२ एक दिवसीय खेल भएको छ। जसमा समान छ खेलमा जित र हार छ। नेपालले पछिल्ला दुवै खेलमा यूएईलाई हराएको छ।

प्रकाशित मिति : २ चैत्र २०७९, बिहीबार  ११ : ५५ बजे

इजरायल र हिजबुल्लाहबीच भीषण आक्रमण : अमेरिका-इरान युद्धविराम संकटमा

जेरुसेलम – इजरायलले लेबनानमा भीषण हवाई आक्रमण गरेपछि अमेरिका र

प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता गरिँदै

काठमाडौँ– प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता हुँदैछ ।

बैतडीमा ६६ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमामा आबद्ध

बैतडी– बैतडीमा ६६ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

साल ०८२ : संगीतमा पनि बालेन बलियो, यी हुन् धेरै भ्युज पाउने गीत

०८२ लाई बिदा गर्दै गर्दा एकपट संगीत क्षेत्रको हाइटाइट हेरौँ

भोजपुरका सम्मरबहादुरको हत्यामा संलग्न चारजना पक्राउ

काठमाडौँ– भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा