दुधौलीमा डिजिटल प्रणालीबाटै जग्गा नापीको काम « Khabarhub

दुधौलीमा डिजिटल प्रणालीबाटै जग्गा नापीको काम


२ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सिन्धुलीको दुधौली नगरपालिकाले जग्गाको नापीको काम डिजिटल प्रणालीबाट सुरु गरेको छ । नगरपालिकाले डिजिटल प्रणालीको प्रयोग गरेर नापीको काम थालिसकेको भूमि आयोग सिन्धुलीकी सदस्य इन्दिरा निरौलाले जानकारी दिइन् ।

उनका अनुसार भूमि आयोगको समन्वयमा नगरपालिकाले अव्यवस्थित र भूमिहीन दलित सुकुम्बासीहरुलाई लालपुर्जा दिने काम गरिहरेको छ ।  अहिले नगर क्षेत्रमा २ वटा मेसिनमार्फत जग्गा नापीको काम भइरहेको उनले बताइन् ।

गत सातादेखि वडा नं. १० को वंशेबाट सुधारिएको प्रविधि प्रयोग गरेर नापीको काम सुरु गरिएको र अहिले जग्गा नाप्ने काम तीव्र रुपमा अघि बढेको नगरपालिकाका नगर प्रमुख दिनेश अधिकारी दनुवारले बताए ।

उनले भने, ‘नगरपालिकाले भूमिहीनका समस्यालाई चाँडै नै हल गर्नेछ । कम्प्युटरमा ईन्ट्री गर्ने र प्रविधिकहरुले जग्गा नापी गर्ने कार्य नगरपालिकाले गराइरहेको छ ।’

नगरपालिकामा ११ हजारले लालपुर्जा उपलब्धताका लागि आवेदन दिएका छन् । तिमध्ये ४ हजार ३०० जनाको कम्प्युटरमा ईन्ट्री गर्ने कार्य सकिएको भूमि इकाई प्रमुख मल्लवलाल अधिकारीले बताए ।

पछिल्लो समय नगरपालिकाले डिजिटल प्रणालीबाट नापी गर्न सहज गराउने वडा नं. १२ १३ र १४ बाहेकका वडाहरुमा राखिसकेको पनि भूमि इकाई शाखाले जनाएको छ । वडा नं. १२ १३ र १४ मा भूगोलका कारण अरु प्रणालीमार्फत् नापी गर्नुपर्ने नगरपालिकाले जनाएको छ । नगरपालिकाको वडा नं. १० का ५४ जनाले चाँडै नै लालपुर्जा पाउने भएका छन् । नगरपालिकाका अन्यलाई पनि लालपुर्जा दिलाउन तीव्र रुपमा काम अघि बढाइएको बताइएको छ ।

प्रकाशित मिति : २ चैत्र २०७९, बिहीबार  ११ : ५२ बजे

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ २४ गते बुधबार सन् २०२६

आज २०८३ साल भदौ २४ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २४ गते बुधबार सन् २०२६

तिब्बतमा ५.३ रेक्टरको भूकम्प, नेपालको धौलागिरी रेञ्जमा ठूलो धक्का महसुस

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा बुधबार ५.३ म्याग्निच्युडको भूकम्प गएको