ऐतिहासिक पुरानोकोट गढी पर्यटकको मुख्य गन्तव्य बन्दै « Khabarhub

ऐतिहासिक पुरानोकोट गढी पर्यटकको मुख्य गन्तव्य बन्दै


२ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

लमजुङ– ऐतिहासिक पुरानोकोट गढी पर्यटकको मुख्य गन्तव्यको रूपमा पर्न थालेको छ । यहाँ नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र बेँसीसहर नगरपालिकाको संयुक्त लगानीमा वडा नं ४ स्थित पुरानोकोट गढीमा शान्ति स्तूपा तथा भ्यू टावर निर्माण गरिएपछि यतिबेला पर्यटकको आवागमन बढ्न थालेको हो । 

नेपालका बाइसे–चौबिसे राजाको पालामा बनेको उक्त गढीमा निर्माण गरिएको संरचना हेर्न, तथा सो क्षेत्रबाट आसपासका प्राकृतिक दृश्य नियाल्न यतिबेला पर्यटकको आगमन बढ्दो छ । स्थानीयवासी देवबहादुर गुरुङले भने , ‘सोही स्तूपा तथा भ्यू टावर वरपर कालु शाहकी रानीको दरबार रहेको सो स्थानलाई यशोबह्म शाहको पालादेखि पुरानोकोट गढीका रुपमा स्थापित हुँदै आएको छ । यतिबेला सो स्थानमा पर्यटकको आगमन बाक्लिएको छ । उनका अनुसार दैनिक १०० भन्दा बढी र बिदा तथा चाडपर्वको दिनमा दुई सयभन्दा बढी पर्यटक आउने गरेका छन् । यतिबेला सो स्तूपा तथा भ्यू टावर पर्यटकको मुख्य आकर्षणका रूपमा रहेको छ ।’

भ्यू टावरबाट काठमाडौँको थानकोटडाँडा, चितवनको मुग्लिनमाथिको डाँडा, गोरखा, तनहुँ, कास्की, म्याग्दीलगायत जिल्लाको केही भाग देख्न सकिने स्थानीयवासी गुरुङ बताउनुहुन्छ । त्यस्तै, बौद्ध हिमाल, माछापुच्छे, अन्नपूर्ण दोस्रोदेखि चौँथोसम्म, मनास्लु, हिमालचुली, अन्नपूर्ण साउथ, मनास्लु दक्षिण, च्ये हिमाल, डाक्टर हर्कपिकसहित  दर्जनौँ हिमशङ्खलाका साथै सूर्योदयको मनोमोहक दृश्यसमेत अवलोकन गर्न सकिने त्यहाँका बासिन्दा बताउँछन्  

नवनिर्मित सो संरचना नजिकै त्यसबेलाका राजाले पूजा गर्ने मौला कालिका मन्दिरसमेत छ । पुरानोकोट गढी यतिबेला भग्नावेश अवस्थामा रहेको छ । शाह राजाको बसोबास  रहेकाले यो स्थानको महत्व बढ्नाका साथै प्रचारप्रसार गर्न तथा पर्यटक आकर्षित गर्न स्तूपा तथा भ्यू टावर निर्माण गरिएको नगरप्रमुख गुमानसिंह अर्यालले बताए।

यहाँ उक्त संरचना निर्माणले पर्यटन प्रवर्द्धनमा टेवा पुग्नका साथै नगरपालिकाको आर्थिक  वृद्धिमासमेत सहयोग पुग्ने नगरप्रमुख अर्याल उल्लेख गर्छन् । निर्माण कम्पनी हिम पराजुली कन्टक्सनले विसं २०७८ गत फागुन महिनाभित्र निर्माण सक्ने सम्झौता गरे पनि निर्धारित समयमा काम नसकेपछि थप गरिएको   म्यादमा अहिले  निर्माणको अधिकांश काम सम्पन्न भइसकेको नगर प्रमुख अर्यालले बताए।

यहाँ पानी र बिजुलीको व्यवस्था गर्न बाँकी रहेको र अन्य काम सम्पन्न भइसकेको छ । ती संरचना निर्माणका लागि रु चार करोड ८१ लाखको लागत स्टमेन्ट गरिए पनि ५५ लाख कममा उक्त कम्पनीले निर्माण गर्ने सम्झौता गरेको थियो । नगरपालिकाका अनुसार एक करोड ४९ लाख नगरपालिका  र दुई करोड ७७ लाख पर्यटन मन्त्रालयको गरी चार करोड २६ लाख बजेटमा शान्ति स्तूपासहितको भ्युटावर निर्माण भएको छ ।

 शान्ति स्तूपाको गजुर निर्माण एवं रङ्गरोगन गर्नाका साथै चार वटा बौद्धमूर्तिसमेत राखिएकोे छ । उक्त संरचनाको क्षेत्रफल दुई सय ८३ स्क्यायर मिटर रहेको बताइएको छ । सो स्तूपा तथा भ्यूटावरसम्मै पुग्नलाई रु २१ लाख खर्च गरेर नगरपालिकाले सडकसमेत निर्माण गरेको छ । बेँसीसहर बजारदेखि लमजुङ दरबार, गाउँले पानी घरवास हुँदै सो स्थानमा पुग्न सकिन्छ । बेँसीसहरबाट १६ किलोमिटरको दूरीमा भ्यूटावर रहेको छ । त्यस्तै भग्नावेश रानीको दरबार संरक्षण तथा मर्मतका लागि ३ नं वडा कार्यालयले रु दुई लाख बजेट विनियोजन गरेको छ ।

 यतिबेला स्तूपा वरिपरिको वनजङ्गलमा फुल्न थालेको लालिगुराँसले झनै स्तूपा तथा भ्यूटावरको सौन्दर्य बढाएको छ । स्तूपा आएका पर्यटकमध्ये बेलु गुरुङले भने, यहाँ आइपुग्दा धेरै रमाइलो लाग्यो, एकदम आनन्दको ठाउँ रहेछ, यस्ता संरचनाले पर्यटकलाई खुसी मिल्नेछ । 

यहाँ आउने पर्यटकले सबैतिर अवलोकन गर्नाका साथै, सेल्फी खिच्ने, फोटो खिच्ने, टिकटक बनाएर रमाउने गरेका छन् । 

प्रकाशित मिति : २ चैत्र २०७९, बिहीबार  १ : ४१ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको