माछापुच्छ्रेका कृषकलाई गोठ र खोर सुधारका लागि अनुदान « Khabarhub

माछापुच्छ्रेका कृषकलाई गोठ र खोर सुधारका लागि अनुदान


२ चैत्र २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

कास्की– माछापुच्छ्रे गाउँपालिका कृषकलाई गाईभैँसीको गोठसहित बाख्राको खोर सुधार कार्यक्रमका लागि अनुदान वितरण गर्ने भएको छ । गाउँपालिकाले – पशु सेवा शाखाको समन्वयमा गोठ र खोर सुधार कार्यक्रमअन्तर्गत ८२ कृषक तथा फार्मलाई अनुदान दिने भएको हो ।

पालिकाबाट दैनिक १० हजार लिटर दूध बिक्रीका लागि पोखरा बजारमा ल्याउने गरिन्छ । यहाँको व्यावसायिक पशुपालन फस्टाएको छ । गाउँपालिकाका नौ वडाका कृषकले पशुपालनबाट राम्रो आम्दानी गरिरहेका छन् । पशुपालनलाई व्यावसायिक बनाएर कृषकलाई समृद्ध बनाउन पालिकाले सहयोग गर्दै आएको छ ।

कृषकको अवस्थाका बारेमा अनुगमन गरी प्राविधिक प्रतिवेदनका आधारमा लाभग्राही कृषक छनोट गरिएको प्रमुख प्रशासकीय अधिकृत बेदहरि अधिकारीले बताएका छन् । उनका अनुसार छनोट भएका कृषकसँग एक हप्ताभित्र सम्झौता गरिने छ । व्यावसायिक कृषकलाई उत्पादनमुखी बनाउने, निर्वाहमुखी पशुपालनलाई व्यावसायिक बनाउने र व्यावसायिक कृषकलाई व्यवसायको भार कम गर्ने उद्देश्यले अनुदान उपलब्ध गराउन लागिएको जनाइएको छ ।

कृषकलाई ५० प्रतिशत लागत साझेदारीमा पालिकाले  सात हजारदेखि २० हजारसम्म नगद उपलब्ध गराइनेछ । छनोट भएकामध्येमा ३६ लाई प्रतिकृषक २० हजार र बाँकीलाई रू सात हजार उपलब्ध गराइने गाउँपालिकाका पशु सेवा शाखा प्रमुख रामचन्द्र पौडेलले जानकारी दिए ।

फार्म दर्ता भएका र धेरै सङ्ख्यामा पशुपालन गर्नेका लागि २० हजार र थोरै सङ्ख्यामा पशुपालन गरेर जीविकोपार्जन गरिरहेका साना कृषकका लागि सात हजारका दरले उपलब्ध गराइने छ । त्यस्तै पालिकाले उत्पादनका आधारमा ‘प्रोत्साहन कार्यक्रम’अन्तर्गत दूधमा प्रतिलिटर  एक अनुदान दिने भएको छ । चालु आवमा दूधमा अनुदानका लागि २० लाख बजेट विनियोजन गरिएको उनले बताए ।

यसैगरी गाउँपालिकाले छ हजार नौ सय केजी बर्खे घाँसको बीउ कृषकलाई वितरण गरेको छ । पशु उत्पादन लागत कम गर्न र घाँसमा आधारित पशु आहाराका लागि सुडान र टिओसेन्टीक घाँसको बीउ वितरण गरिएको पशु शाखाले जनाएको छ ।

प्रकाशित मिति : २ चैत्र २०७९, बिहिबार  ४ : ५२ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको