विकिपिडियालाई वामपन्थीले नियन्त्रणमा लिए : कंगना रनावत « Khabarhub

विकिपिडियालाई वामपन्थीले नियन्त्रणमा लिए : कंगना रनावत


२ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

मुम्बई– अभिनेत्री कंगना रनावतले सूचनामा आधारित वेबसाइट विकिपीडियालाई वामपन्थीले पूर्ण रुपमा नियन्त्रणमा लिएको दाबी गरेकी छन् । उनको बारेमा विकिपीडियामा दिइएको जानकारी गलत देखिएपछि उनले यो दाबी गरेकी हुन् ।

उनले इन्स्टाग्राममा एक पोस्ट गर्दै आफ्नो जन्मदिनलाई विकिपीडियाले गलत मिति लेखेको उल्लेख गरेकी छन् । ‘मेरो जन्मदिन २३ मार्चमा हो जबकी वेबसाइटमा २० मार्च लेखिएको छ’, उनले लेखेकी छन्, ‘विकिपीडियालाई पूर्ण रुपमा नियन्त्रणमा लिइएको छ । मेरो बारेमा अधिकांश जानकारी जस्तै मेरो जन्मदिन, वा उचाइ वा पृष्ठभूमि पूर्ण रुपमा गलत छ । हामीले जसलाई जति नै सुधारे पनि फेरि त्यस्तै हुन्छ ।’

उनले कैयौं रेडियो च्यानल, फ्यान क्लब र शुभचिन्तकले आफूलाई २० मार्चको जन्मदिनको बधाई पठाउन सुरु गरिसकेको जानकारी दिएकी छन् ।

कामको कुरा गर्दा कंगनाले फिल्म ‘चन्द्रमुखी २’को सुटिङ पुरा गरेकी छन् । उनीसँग ‘इमरजेन्सी’, ‘तेजस’, ‘मणिकर्णिका रिटन्सर्ः द लीजेन्ड अफ दिदा’ र ‘द अवतारः सीता’ जस्ता फिल्म पनि छन् ।

प्रकाशित मिति : २ चैत्र २०७९, बिहीबार  ४ : ५८ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु