ओस्कर विजेता चलचित्र ‘एभ्रिथिङ एभ्रिह्वेयर अल एट वन्स’ चर्चामा « Khabarhub

ओस्कर विजेता चलचित्र ‘एभ्रिथिङ एभ्रिह्वेयर अल एट वन्स’ चर्चामा


२ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्वकै सर्वश्रेष्ठ मानिने ओस्कर (एकेडेमी अवार्ड) को ९५औँ संस्करण सम्पन्न भएसँगै ‘एभ्रिथिङ एभ्रिह्वेयर अल एट वन्स’ चलचित्र चर्चामा छ । गत सोमबार बिहान सम्पन्न अवार्डमा यसले सर्वोत्कृष्ट चलचित्रसँगै निर्देशकमा ड्यानियल क्वान, अभिनेत्रीमा मिसेल योह, सम्पादनमा पल रोजर्स, मौलिक पटकथामा निर्देशक क्वान र ड्यानियल स्किनर्ट, सह अभिनेत्रीमा के ह्यु क्वान र सह-अभिनेतामा के ह्ये क्वानले अवार्ड जित्न सफल भए।

सात विधामा अवार्ड जितेका चलचित्र चिनियाँ–अमेरिकी लाउन्ड्री व्यवसायका मालिकले उसको लेखापरीक्षकसँग गर्ने सङ्घर्षको कथावस्तुमा आधारित छ । आर्टहाउस बजार खुम्चिएको समयमा व्यावसायिकरुपमा समेत आफूलाई अब्बल सावित गरेको चलचित्र आप्रवासी महिला पात्र एभलिन वाङले समानान्तर ब्रह्माण्ड (मल्टिभर्स) सिर्जना गर्ने कथामा आधारित छ ।

यस्तै कन्सेप्ट मार्भल स्टुडियोको स्पाइडर म्यानः नो वे होम र डाक्टर स्ट्रेञ्जको शृङ्खलामा देख्न पाइए पनि यसपटक मौलिकपनले ‘एभ्रिथिङ एभ्रिह्वेयर अल एटवन्स’ लाई ओस्करमा अब्बल सावित गरेको हो । प्रत्येक ब्रह्माण्डमा चुनौती, क्षमता र दृष्टिकोण फरक देखिएको चलचित्रमा ट्वीस्टले दर्शकलाई झनै आकर्षित गर्छ ।

ओस्करमा सर्वोत्कृष्ट घोषणा भएपछि यसको दर्शक नेपालमासमेत बढेका छन् । सामाजिक सञ्जालमार्फत चलचित्र हेरिसकेपछि प्रतिक्रिया दिइरहेको देख्न सकिन्छ । चलचित्र लेखक सुशील पौडेलले यसको कथावस्तु र कलाकारको अभिनय सुन्दर पक्ष रहेको बताए । ‘यसमा आर्ट भ्यालु छ, जसलाई निर्देशकले व्यावसायिक पाटोमा उतार्न सफल भएका छन् । कलात्मक चलचित्रमा जोड दिइरहेकालाई यसले हौसला मिल्नेछ’, उनले भने।

अभिनेता नरेन खड्काले अवार्ड जितेका विधालाई दर्शकका रूपमा सहजै महशुस गर्न सकिने बताए । ‘ओस्कर अवार्ड घोषणा भएपश्चात् विजेता विधालाई झनै ध्यान दिएजस्तो लाग्छ । साँच्चै अब्बल नै पाए । हामीले सिक्ने धेरै तथ्य छन्’, उनले भने।

प्रकाशित मिति : २ चैत्र २०७९, बिहीबार  ५ : ०९ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल