आगामी बजेट तथा कार्यक्रम किसानमैत्री हुनुपर्ने माग « Khabarhub

आगामी बजेट तथा कार्यक्रम किसानमैत्री हुनुपर्ने माग


२ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी केन्द्र), अखिल नेपाल किसान महासङ्घ र अखिल नेपाल किसान महासङ्घ (अप्फा)ले किसानहरूको जीवन र जीविकामा आमूल परिवर्तन ल्याउने गरी नेपाल सरकारको आगामी बजेट तथा कार्यक्रम तय गरी कार्यान्वयन गर्नुपर्ने माग गरेका छन् ।

ती सङ्घ–संस्थाले आज संयुक्त विज्ञप्ति जारी गरी देशको दुईतिहाइ जनसङ्ख्या ओगट्ने र प्रमुख उत्पादक शक्तिको रूपमा रहेका किसानको जीवन परिवर्तन गर्ने गरी आगामी बजेट तथा कार्यक्रम तय गरी कार्यान्वयन गर्न सरकारसमक्ष माग गरेका हुन् ।

ती संस्थाले मूल्यवृद्धि नियन्त्रण, कालोबजारी गर्नेहरूमाथि कडा कारबार्ही, उपभोक्ता र उत्पादक सहकारीमार्फत सुपथ मूल्य पसल सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् । किसानमुखी र जनमुखी मौद्रिक नीति जारी गरी कडाइका साथ लागू गर्नुपर्ने तथा नेपाल राष्ट्र बैंकको नीतिविपरीत ऋण प्रवाह र अन्य कार्य गर्ने सहकारी, लघुवित्त र तिनका सञ्चालकलाई कारबाही गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : २ चैत्र २०७९, बिहीबार  ६ : ११ बजे

आर्थिक विकासका लागि सरकारले निजी क्षेत्रलाई सहजीकरण गर्नुपर्ने

काठमाडौं– नेकपा एमालेका नेता एवं पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले आर्थिक विकासका

बेनीको शिरमा रहेको पाखो चर्किएर पहिरो खस्न थाल्यो

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनी बजारको शिरमा रहेको पाखो धाँजा फाटेर

राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित

काठमाडौं– प्रतिनिधिसभाबाट ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक,

कांग्रेसका कार्यकर्तामाथि आक्रमण गर्नेलाई कारबाही गर्न सहमहामन्त्री संग्रौलाको माग

विराटनगर– नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डीला संग्रौलाले मोरङ निर्वाचन क्षेत्र

जडीबुटी कम्पनीका मासिक ज्यालादारी कर्मचारी आन्दोलित, १० दिनदेखि उत्पादन बन्द 

काठमाडौं– सरकारी स्वामित्वको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीका मासिक ज्यालादारी कर्मचारी