इराकमा हेलिकप्टर दुर्घटना हुँदा सात जनाको मृत्यु « Khabarhub

इराकमा हेलिकप्टर दुर्घटना हुँदा सात जनाको मृत्यु


२ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – उत्तरी इराकको अर्धस्वायत्त कुर्दिस्तान क्षेत्रमा एउटा हेलिकप्टर दुर्घटना हुँदा त्यसमा सवार सबै यात्रुको मृत्यु भएको क्षेत्रीय आतङ्कवाद प्रतिरोधी निकाय (सीटीएस)ले बिहीबार जनाएको छ । युरोकोप्टर एएस ३५० हेलिकप्टर दुहोक प्रान्तको एक गाउँ नजिकै बुधबार राति ८ः४० बजे दुर्घटनाग्रस्त भएको कुर्दिश सीटीएसले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नाम नबताउने शर्तमा कुर्दिश सुरक्षा स्रोतले भनेको छ, “हेलिकप्टरभित्र भएको विस्फोटका कारण विमान दुर्घटना भएको र विमानमा रहेका सात जनाको मृत्यु भएको प्रारम्भिक जानकारीमा उल्लेख गरिएको छ । स्रोतका अनुसार हेलिकप्टर तेल खानी नजिकै दुर्घटनाग्रस्त भएको थियो, जसलाई घटनाले कुनै असर गरेको थिएन ।

कुर्दिश सीटीएसको वक्तव्यअनुसार इराकी सरकार, अमेरिकी नेतृत्वको गठबन्धन र टर्की सरकारले हेलिकप्टरको स्वामित्व अस्वीकार गरेका छन् । कुर्दिश सुरक्षा बलले हेलिकप्टरको स्वामित्वबारे अनुसन्धान सुरु गरेको र मृतकमध्ये केही कुर्दिस्तान वर्कर्स पार्टी (पिकेके) का लडाकू रहेको विज्ञप्तिमा उल्लेख छ ।

पिकेकेलाई टर्की, संयुक्त राज्य अमेरिका र युरोपेली सङ्घद्वारा आतङ्कवादी सङ्गठनको रूपमा सूचीबद्ध गरिएको छ । टर्कीको सेनाले उत्तरी इराक, विशेष गरी पिकेकेको मुख्य आधार कान्दिल पर्वतमा अक्सर स्थलगत अभियान, हवाई आक्रमण र तोप बमबारी गर्दै आएको छ ।

प्रकाशित मिति : २ चैत्र २०७९, बिहीबार  ८ : ३७ बजे

क्यानडाका प्रधानमन्त्री कार्नी चीन भ्रमणमा

बेइजिङ – क्यानडाका प्रधानमन्त्री मार्क कार्नी बुधबार बेइजिङ आइपुगेको चिनियाँ

सिरहाबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा – जिल्ला प्रहरी कार्यालय सिरहाले खैरो हिरोइनसहित दुई जनालाई

ठगी मुद्दामा रविले भन्दै आएको ‘राजनीतिक प्रतिशोध’लाई मान्यता, गम्भीर अभियोगबाट सिधै उन्मुक्ति

काठमाडौं- महान्यायाधिवक्ता सविता भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

पार्टीको विवाद विधान र लोकतान्त्रिक प्रक्रियाबाट समाधान गर्नुपर्छ : नैनसिंह महर

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टी विधान, लोकतान्त्रिक